श्रावण सक्रान्तीको अबसरमा मावि कोटखोला बृक्षारोपण

0
338

हुमबहादुर कार्की, साउन १ -पुर्बी सुर्खेतको गुर्भाकोट नगरपालिका वडा नम्बर २ मा अबस्थित लामो समय देखि शिक्षा क्षेत्रको शैक्षिक हबको रुपमा आफ्नो छुट्टै पहिचान बनाउन सफल जनज्ञान भण्डार मावि कोटखोलामा श्रावण सक्रान्तीको अबसर पारेर बृक्षारोपण गरिएको छ । आईतबार साउन संक्रान्तिको अवसर पारि जनज्ञान भण्डार मावि कोटखोला कक्षा ९ मा अध्ययरत बाल क्लब अध्यक्ष रितु भण्डारीको अध्यक्षतामा बृक्षारोपण कार्यक्रम गरिएको हो ।

श्रावन १५ गतेसम्म बिद्यार्थी भाइबहिनीहरु लगायत शिक्षकशिक्षिकाहरुले आफ्नो वरपर भएका विभिन्न प्रजातीका फुलका बोटबिरुवाहरु लिएर विद्यालय बृक्षारोपण गरिने जनज्ञान भण्डार मावि कोटखोलाका प्रध्यानाध्यापक गंगाप्रसाद भट्टले जानकारी दिनुभयो । जलवायु परिवर्तनको जोखिमलाई कम गर्न हरियाली निर्माण गरौं वातावरण स्वच्छ बनाई दीर्घजीवन कायम गरौं भन्ने भनाईलाई आत्मासाथ गर्दै बृक्षारोपण सुरु गरिएको हो ।

कार्यक्रममा बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष प्रकाश डिसि, नेपाल शिक्षक महासंघका कर्णाली प्रदेशका महासचिव तथा शिक्षक गोबिन्दप्रसाद ढकाल, मावि कोटखोलाका लेखा घनश्याम सारु लगायत विद्यार्थी भाइबहिनीहको उपस्थिति रहेको थियो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here