शिखर मावि रामघाटद्धारा नयाँ जनप्रतिनिधिलाई सम्मान

0
164

दिलिप ढकाल, भेरीगंगा जेठ २५- भेरीगंगा नगरपालिका वडा नम्बर ११ मा स्थित शिखर माध्यमिक विद्यालयमा नगरका स्थानिय तहको निर्बाचनमा निर्बाचित भएका जनप्रतिनिधिलाई बधाई तथा शुुभकामना कार्यक्रम सम्पन्न भएको छ । भेरीगंगाका नवनिर्वाचित नगर प्रमुख, उपप्रमुख, वडाअध्यक्ष, कार्यपालिका सदस्यलाई शिखर माविले बुधबार सम्मान गरेको हो ।

कार्यक्रममा भेरीगंगा नगरपालिकाका नगरप्रमुख यज्ञप्रसाद ढकाल, नगरउपप्रमुख धनसरा बोहोरा, वडा नम्बर ११ र १३ का नबनिर्बाचित वडा अध्यक्ष तथा वडासदस्यहरुलाई टिका तथा खादा लगाएर सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख ढकाल, बिशेष अतिथि उपप्रमुख बोहोरा तथा बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष चन्द्र भण्डारीको अध्यक्षतामा बधाई तथा सुभकामना कार्यक्रम सम्पन्न भएको हो । बिद्यालयका प्रधानाध्यापक जनक बहादुर सिंहले स्वागत मन्तब्यसहित विद्यालयको बिकासका निम्ति ७ बुदामा आफ्नो माग राख्नु भएको थियो । यस्तै कार्यक्रम संचालन बिद्यालयका माबि ईन्चार्ज दलबहादुर शाहीले गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख ढकालले बिद्यालय विद्याको मन्दिर भएकाले आफुले सक्दो सहयोग गर्ने बचनबद्दता ब्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा भेरिगंगा नगरपालिका वडा नम्बर ११ का निबर्तमान वडाअध्यक्ष तिलकराम डाँगी र वडा नम्बर १३ का निबर्तमान वडा अध्यक्ष टिकाराम सुबेदी लाई सम्मान पत्र प्रदान गरिएको थियो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here