शिखर माबि रामघाटमा शिक्षक कर्मचारीलाई कम्प्युटर तालिम

0
223

दिलिप ढकाल, साउन १०- शैक्षिक क्षेत्रको रुपमा आफ्नो छुट्टै पहिचान बनाउन सफल कर्णाली प्रदेशको प्रवेश द्वारको रुपमा रहेको भेरिगंगा नगरपालिका वडा नम्बर ११ रामघाट स्थित शिखर माध्यामिक बिद्यालयमा शिक्षक कर्मचारीको लागि चार दिने कम्प्युटर तालिम सुरु भएको छ ।

सुचना प्रबिधिमैत्री बिद्यालय बनाउनको लागि शिक्षक शिक्षिकालाई उक्त कम्प्युटर तालिम दीईएको शिखर माध्यमिक विद्यालयका प्रधानाध्यापक जनक बहादुर सिंहले जानकारी दिनु भयो । भेरीगंगा नगरपालिका वडा न ११ का वडा अध्यक्ष जय बहादुर नेपालीको अध्यक्षतामा तथा भेरिगंगा नगरपालिका क शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख गजेन्द्र कुमार जिसीको प्रमुख आतिथ्यतामा कम्प्युटर तालिम सुरुवात् गरिएको हो । शिखर माध्यमिक विद्यालयको आफ्नै कम्प्युटर ल्याबमा एक कार्यक्रमका बिच कम्प्युटर तालिमको उद्घाटन सम्पन्न भएको थियो । विद्यालयका प्रधानाध्यापक जनक बहादुर सिंहले स्वागत एवम् कार्यक्रमको बारेमा जानकारी दिनु भएको थियो । कार्यक्रममा भेरीगंगा नगरपालिका का आई टि अफिसर अनिल चपाईँ पनि उपस्थिति रहेको थियो भने प्रशिक्षकको रुपमा शारदा माध्यामिक विद्यालयका छिन्चुका प्रधानाध्यापक जीतेन्द्र राज वलीको उपस्थिति रहेको थियो ।

चार दिनसम्म संचालन हुने कम्प्युटर तालिम यहि श्रावन १३ गतेसम्म सञ्चालन हुनेछ । सोही कार्यक्रममा विद्यालयले शिक्षक कर्मचारीलाई विद्यालयको लोगो अंकित झोला वितरण गरिएको थियो । शिक्षक शिक्षिका लाई शैक्षिक सामाग्री ल्याउन सहज होस् भन्ने उदेश्यले एएक थान झोला वितरण गरिएको हो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here