शिक्षा शाखा कालिमाटीद्वारा बिद्यालयमा अनुगमन

0
117

दिलिप ढकाल, भदौ १- सल्यानको कालीमाटी गाउँपालिका भित्रका बिद्यालयहरुमा गाउँपालिका शिक्षा शाखाले अनुगमन गरेको छ । पालिकाभित्र रहेका सामुदायिक विद्यालयको समग्र अवस्थाका विषयमा जानकारी दिन अनुगमन गरिएको हो ।

विद्यालयको आर्थिक, भौतिक, शैक्षिक, बिद्यालय रहेको शिक्षक दरबन्दी, शिक्षक बिधार्थी अनुपात, शिक्षक हाजिरी,पठनपाठनको गुणस्तर , शिक्षक तालिमको अध्यावधिकका विषयमा शिक्षा शाखाले जानकारी दिएको थियो । यस्तै विद्यालय तथा समुदायबिचको सम्बन्ध र विद्यालय व्यवस्थापन समितिको सक्रियतालगाएत विविध पक्षमा अनुगमन तथा निरिक्षण गरिएको कालीमाटी गाउँपालिका शिक्षा शाखा प्रमुख भरत चन्दले जानकारी दिनुभयो । उँहाका अनुसार गाउँपालिका भित्रका विद्यालयहरु नेरा माबि घुईयाबारी, जनता माबि दमदुवाली, नेरा प्राबि काल्चेडाडा, लक्ष्मी मावि बालुवा, जनजागृति प्रावि हात्तीदमार लगाएत अन्य विद्यालयमा अनुगमन तथा सुपरिवेक्षण गरिएको थियो ।

बिद्यालय अनुगमनको क्रममाः बिद्यालयमा आबश्यक हुने डेस्क बेञ्च शिक्षक तथा बिद्यार्थीको विद्यालयका पोशाक, शैक्षिक सामाग्री, खानेपानी, पाठ्यपुस्तक लगाएत विविध पक्षको बारेमा निरिक्षण गरिएको हो । विद्यालयमा अनुगमन गर्दा केहि बिद्यालयमा उत्साहजनक देखिए पनि केही बिद्यालयमा शिक्षा क्षेत्रलाई आगाडी बढाउन आवश्यक सामाग्रीहरु ड्रेस लगाएत डेस्क बेन्च जेजति हुनु पर्ने हो त्यो नभएको पाएको शाखा प्रमुख चन्दले जानकारी दिनु भयो । शिशु कक्षाका विद्यार्थीको लागि पनि आबश्यक पर्ने सामाग्री खेलौना गुडिया शैक्षिक सामाग्री बिछ्याउने कार्पेटको समेत बिद्यालयमा नभएको उँहाले जानकारी दिनुभयो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here