शारदा मावि छिन्चुद्धारा विद्यार्थीको बिदाई सम्पन्न

0
768

दिलिप ढकाल, फागुन १३- भेरीगंगा नगरपालिका १२ स्थित शारदा माध्यमिक बिद्यालय छिन्चुले तीन वर्षे कृषि (पशु बिज्ञान) पहिलो ब्याजका विद्यार्थीहरूलाई एक कार्यक्रमका बिच शनिबार विदाई गरेको छ । विद्यालयमा कृषि (पशु बिज्ञान) विषयमा पहिलो ब्याजका रूपमा अध्यनरत ३५ जना बिद्यार्थीहरूलाई भव्य कार्यक्रमका बिच विद्यालयले टीका, खादा र मायाको चिनो प्रदान गरि विदाई गरेको हो ।

तीन वर्षे कृषि (पशु बिज्ञान) पहिलो ब्याजको विद्यार्थीहरूलाई उक्त कार्यक्रममा विदाई गरिएको विद्यालयका कृषि (पशु विज्ञान) कार्यक्रम संयोजक लालबहादुर खड्काले जानकारी दिनुभयो । प्राविधिक शिक्षा आजको आबश्यकता“ भन्ने मूल नारा सहित पशु बिज्ञान कार्यक्रम संचालन गरेको शारदा माबि छिन्चुले तीन वर्षे कृषि (पशु बिज्ञान) पहिलो ब्याजका रूपमा अध्यनरत बिद्यार्थीहरुलाई बिदाई गरेको छ । अहिले विद्यालयमा पहिलो र दोस्रो ब्याज शिक्षण जारी रहेको छ । कार्यक्रमका प्रमुख अतिथि तथा बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष झकबहादुर डाँगीले विद्यार्थीहरूलाई टीका, खादा र मायाको चिनो प्रदान गर्नुभएको थियो ।

बिदाई कार्यक्रममा विद्यालयका प्रधानाध्यापक जितेन्द्रराज ओली, ,शिक्षक, शिक्षिका, कर्मचारी, तथा विद्यार्थीको सहभागिता रहेको थियो । कार्यक्रममा बिद्यालय परिवारले बिदाई भएर जाने सम्पूर्ण तृतीय वर्षका विद्यार्थी भाइबहिनीहरूको उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेको थियो । कार्यक्रम विद्यालय कर्मचारी दिपेन्द्र डाँगीले संचालन गर्नुभएको थियो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here