वडाअध्यक्ष केसीद्धारा जन्मदिनमा विद्यालयमा छात्रवृत्ति सहयोग

0
374

खिम विक, भेरीगंगा ८- भेरीगंगा नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष पदम खत्रीले आफ्नो जन्मदिनमा स्थानीय विद्यालयमा छात्रवृतिका लागि अक्षयकोष निर्माण गरेका छन् । स्थानीय श्रीनेरा मावि लोदे, मैनतडामा जेहेन्दार विद्यार्थीका लागि छात्रवृति वितरणका लागि वडाअध्यक्ष केसीले अक्षयकोष स्थापना गरेका हुन् ।


अक्षयकोषका लागि शुक्रबार वडाअध्यक्ष खत्रीले २५ हजार रुपैँया बराबरको चेक विद्यालयका प्रअ भिमलाल ढकाललाई हस्तान्तरण गरेका छन् । विद्यालयमा एक कार्यक्रमको आयोजना गर्दै अध्यक्ष खत्रीले छात्रवृत्ति अक्षयकोषका लागि २५ हजारको चेक हस्तान्तरण गरेका हुन् । अक्षयकोषको रकमबाट बार्षिक विद्यालयका जेहेन्दार छात्रवृत्ति वितरण गरिने वडाअध्यक्ष खत्रीले जानकारी दिए । अक्षयकोषमा अहिले २५ हजार जम्मा गरिएको र रकम बढाउन सकिने उनको भनाई छ । जेहेन्दार छात्रवृत्ति अक्षयकोषका लागि अन्य व्यक्तिबाट पनि व्यक्तिगत र संस्थागत सहयोग गर्न सकिने उनको भनाई छ । अक्षयकोषमा वडाअध्यक्ष खत्री र विद्यालय प्रअको संयुक्त हस्थाक्षरमा बैक खाता संचालन गरिने भएको छ ।

भेरीगंगा ८ वडामा रहेका सामुदायिक विद्यालयका जेहेन्दार र गरिव तथा विपन्न विद्यार्थीको शैक्षिकस्तर उकास्न उक्त छात्रवृत्ति निर्माण गरिएको बताएको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here