रामघाट र मैनतडामा सामुदायिक कृषि प्रसार सेवा केन्द्र संचालनमा

0
227

दिलिप ढकाल, साउन १०- भेरीगंगा नगरपालिका वडा नम्बर ११ रामघाट र वडा नम्बर ८ मैनतडामा सामुदायिक कृषि प्रसार सेवा केन्द्र संचालनमा ल्याएको छ। भेरीगंगा नगरपालिकाले कार्यलय स्थापना गरि सेवा केन्द्र उद्घाटनमा गरिएको छ।

कृषि क्षेत्र बिकाश कार्यक्रम (ASDP ) तथा भेरीगंगा नगरपालिकाको आर्थिक सहयोगमा सामुदायिक कृषि प्रसार सेवा केन्द्रको उद्घाटनमा गरिएको हो। भेरिगंगा नगरपालिकाका नगरप्रमुख यज्ञप्रसाद ढकालले रिबन काटेर सामुदायिक कृषि प्रसार सेवा केन्द्रको उद्घाटन गर्नु भएको थियो । कृषि प्रसार सेवा केन्द्रको उद्घाटन समारोहमा नगर प्रमुख यज्ञप्रसाद ढकाल, नगर उपप्रमुख धनसरा बोहोरा, बरिष्ठ कृषि बिकास अधिकृत सालिकराम पौडेल ,सामुदायिक कृषि प्रसार सेवा केन्द्र रामघाटका कृषि अधिकृत डिल्ली रमण गिरि ,सोहि सेवा केन्द्रमा कार्यरत मदनलाल कार्की,वडा नम्बर ११ का वडा अध्यक्ष जय बहादुर नेपाली,वडा नम्बर १३ का वडा अध्यक्ष गणेश भण्डारीको उपस्थिति रहेको थियोे । यस्तै मैनतडामा उद्घाटन भएको कार्यक्रममा नगर प्रमुख, उपप्रमुख, जनप्रतिनिधि, आसपासका कृषि सहकारीका प्रतिनिधि,स्थानिय स्थरमा गाई भैसी तथा बाख्रा पालन गरेका फमा संचालक लगाएत स्थानीयको उपस्थित रहेको थियो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here