मावि मैनतडाका विद्यार्थीमा कोरोना लक्षण

0
244

दिलिप ढकाल, साउन २५- मौसम परिबर्तन हुदै गर्दा पछिल्लो समयमा रुघा खोकी लाग्ने, ज्वरो आउने, टाउको दुख्ने लगाएत विभिन्न समस्या हरु देखा पर्न थालेका छन्। यी र यस्ता लक्षणहरु कोभिड सँग मिल्दो जुल्दो लक्षण हुने हुदा चेकजाच गर्ने क्रम पनि दैनिक बढिरहेको छ । दैनिक रुपमा कोभिड संक्रमित हुनेको सङ्ख्या पनि भेरीगंगामा भईरहेको छ। यस्तै लक्षण देखिएका पुर्बी सुर्खेतको भेरिगंगा नगरपालिका वडा नम्बर ८ लोदे स्थित श्री नेपाल रास्ट्रीय माध्यमिक बिद्यालयका २० जना विद्यार्थीमा गरिएको कोरोना परिक्षणमा ५ जना विद्यार्थीमा कोरोना पोजेटिभ देखिएको छ।

बिद्यालयमा अध्यनरत विद्यार्थीमा संकास्पद लक्षण देखिएपछि चेकजाच गर्दा विद्यार्थीमा कोरोना पोजेटिभ देखेको बिद्यालयका प्रधानाध्यापक भानुप्रसाद शर्माले जानकारी दिनुभयो। संक्रमित विद्यार्थीहरूको अवस्था सामान्य रहेको र बिद्यार्थीलाई होम आईसोलेसनमा बस्न सुझाब दीइएको तथा सन्चो भएपछी पूणस्बिद्यालय आउन समेत आग्रह गरिएको प्रधानाध्यापक शर्माले जानकारी दिनुभयो। साथै उहाले सम्पूर्ण अभिभावकहरू र विद्यार्थीहरूलाइ सजग रही सुरक्षाका मापदण्ड अपनाउन, मास्क र स्यानीटाइजरको प्रयोग गर्न समेत आग्रह गर्नु भएको छ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here