भेरीगंगा ३,५ र १० मा सार्वजनिक सुनुवाई सम्पन्न

0
149

दिलिप ढकाल भेरीगंगा, फागुन २३- भेरीगंगा नगरपालिकाको वडा नम्बर ३,५ र १० वडा कार्यालयमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । वडा नम्बर ५ र १० मा आईतबार, वडा नम्बर ३ मा सोमबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएका हुन् ।

आयोजित कार्यक्रममा सहभागीले वडाभित्र सडक, खानेपानी, सिँचाई र विद्युत विस्तारका समस्या र ढिलासुस्तीका विषयमा सवाल गरिएका छन् । नगरपालिकाको आयोजना, न्यू प्लान सस्थाको सहजीकरण र रेडियो बिजी एफएमको व्यवस्थापनमा सम्पन्न वडाका सार्वजनिक सुनुवाईमा सहभागीले जनप्रतिनिधीले अपेक्षा अनुसारमा वडामा विकास गर्न नसेको गुनासो समेत गरेका छन् । वडाबासीको सवालको जवाफ दिदै भेरीगंगा वडा नम्बर ३ का वडाअध्यक्ष जितबहादुर सुनार, वडा नम्बर ५ का वडाअध्यक्ष प्रेमबहादुर सारु, वडा नम्बर १० का वडाअध्यक्ष मानबहादुर बुढाले चालु बर्षका खर्च हुन नसकेका बजेट तथा योजना चैत महिनाभित्र सम्झौता सकेर बैशाखभित्र सम्पन्न गर्ने प्रतिबद्धता जनाउनुभयो । आयोजित सार्वजनिक सुनुवाई ६० बढी वडाका सेवाग्राही र सरोकार निकायको सहभागीता रहेको थियो ।

भेरीगंगा नगरपालिकाको आयोजना, न्यू प्लान सस्थाको सहजीकरणमा कार्यक्रम भएको हो । कार्यक्रमको संचालन पत्रकार जेवि सुनार,सहजीकरण टेकेन्द्र बस्यालले गर्नुभएको थियो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here