भेरीगंगा, माघ ६- भेरीगंगा नगरपालिकाले मंगलबारदेखि सामुदायिक विद्यालयमा स्टाफ नर्स परिचालन गरेको छ। नगरपालिकामा रहेका १० सामुदायिक माविमा विद्यालय स्टाफ नर्स परिचालन गरिएको हो। मंगलबार नगरपालिका कार्यलयमा एक कार्यक्रमको आयोजना गरि मेयर भुपेन्दबहादुर चन्द र प्रमुख प्रशासिकय अधिकृत जगतबहादुर बस्नेतले विद्यालय नर्सको स्वागत तथा सम्बन्धित बिद्यालयमा परिचालन नियुक्ति पत्र हस्तान्तरण गरे । नगरपालिकाले पहिलो चरणमा १० जना स्टाफ नर्स बिद्यालयमा खटाएको हो । शिक्षा शाखा र स्वास्थ शाखासंगको समन्वयमा स्टाफ नर्स परिचालन गरिएको स्वास्थ शाखा संयोजक राजेश बुढाले जानकारी दिनुभयो । परिचालित विद्यालय नर्सले विद्यालयमा विद्यार्थी र विद्यालय आसपासमा स्वास्थ्य उपचार र स्वास्थ्य शिक्षा प्रदान गर्ने मेयर चन्दले बताउनुभयो । नगरपालिकाले नर्स शारदा पुन सरस्वती मावि लेखपराजुल, युकुमारी राजी लालीगुरास मावि रामघाट, भावना भण्डारी सरस्वती मावि छिन्चु, अञ्जना खत्री प्रभात मावि छिन्चु, निर्मला देवकोटा जनज्योति मावि झिङ्गनी, बविता राउत शिखर मावि रामघाट, कल्पना डिसी नेरामावि जहरे, लक्ष्मी बोगटी नेरामावि मैनतडा, ममता खड्का सामुदायिक विद्यालय लेखपराजुल र सुमिना खड्का नेरामावि भर्याङ्गमा खटाएको छ।
Facebook Comments