भेरीगंगा १२ सुर्खेत- सुर्खेतको भेरीगंगा नगरपालिकास्थित भेरीगंगा जेसिज वर्ष २०२१ को शुक्रबार शाखा भेटघाट सम्पन्न भएको छ । भेरीगंगा जेसिज बर्ष २०२१ शाखा कार्यालय र यसका गतिविधीका विषयमा भेटघाट सम्पन्न भएको हो ।


नेपाल जेसिजको राष्ट्रिय निरुपित क्षेत्र ‘घ’ का उपअध्यक्ष जेसी कल्पना पाण्डे कुसुमको प्रमुख आतिथ्यता र बुटवल लेडी जेसिज वर्ष २०२१ का उपाअध्यक्ष जेसी हिमा कुँवरको सहभागीतामा शाखामा भेटघाट भएको भेरीगंगा जेसिज वर्ष २०२१ का महासचिव नवराज कार्कीले जानकारी दिनुभयो । शाखा भेटघाटमा सहभागी अतिथिलाई शाखाका अध्यक्ष जेसी रामु सुबेदी र महासचिव कार्कीले मायाको चिनो वितरण गर्नुभयो । यस्तै शाखाका गतिविधी, कार्यक्रम र भावी योजनाको विषयमा छलफल समेत भएको थियो । कार्यक्रम भेरीगंगा जेसिज वर्ष २०२१ शाखाका अध्यक्ष जेसी रामु सुबेदीको सभापतित्वमा सम्पन्न भएको हो ।

जेसिज पदाधिकारी तथा सदस्यहरुको उपस्थितिमा शाखा भेटघाट सम्पन्न भएको महासचिव नबराज कार्कीले जानकारी दिनुभयो । जेसिज शाखा भेरीगंगाले स्थापनादेखि यस क्षेत्रमा जेसिज गतिविधी, सामाजिक कार्यमा सहभागीता जनाउँदै आएको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here