आरती परियार/ सुर्खेत, असोज ३- भेरीगंगा नगरपालिकामा निजि उद्योगहरु विस्तारै संचालनको क्रम सूरु भएको छ । सरकारी उद्योगहरु नरहेको नगरपालिकामा निजि साना लगानीका उद्योगहरु संचालनमा रहेका छन् । हालसम्म कुनै पनि ठूला, मझौला तथा साना उद्योगहरु स्थापना तथा संचालन हुन सकेका छैनन् । नगर क्षेत्रमा रहेका विभिन्न किसिमका औद्योगिक व्यवसायहरू जस्तै सेलर मिल, ग्रिल उद्योग, फर्निचर सम्बन्धी उद्योगहरू ससंचालनमा रहेका छन् ।

????????????????????????????????????

नगरपालिकाको तच्याक अनुसार अहिलेसम्म नगरका १३ वडामा सेलर मिल ४३, ग्रिल उद्योग १०, फर्निचर उद्योग ८ वटा र अन्य उद्योगमा १९ वटा रहेको छ । उद्योगहरु सबै निजि रहेको छ । यस्तै नगरपालिकामा बाख्रापालन फर्म ५४, कुखुरापालन फर्म २२ र गाई फर्म ५ वटा रहेको छ । यहाँ छापाखाना अप्रसेट प्रेस, डेरी उद्योग, होटल, टायल उद्योग, पाउरोटी उद्याृग, बेसार प्रशोधन उद्योग रहेका छन् । यस नगरपाकिलामा सासान घरेलु तथा साना उद्योगहरु समेत संचालनमा रहेका छन् । नगरपालिका कार्यालय एवम् अध्ययन टोलीको स्थलगत भ्रमणबाट प्राप्त जानकारी अनुसार हाल भेरीगंगा नगरपालिकाको वडा नं. १, २ र ३ वडा बाहेक अन्य वडाका अधिकांश क्षेत्रमा सडक सञ्जाल पुगेको छ । यस्ता सडकहरुमा नियमित रुपमा गाडी चलाउन उपयुक्त नभए पनि हिउँदको समयमा अधिकांश सडकमा गाडीहरु चल्ने गरेका छन् । यस नगरपालिकामा सञ्चारका साधनमा मोबाइल कभरेजको अवस्थामा अधिकाशं वडामा पुगेको पाइन्छ भनेवडा न. १, २ तथा ३ का सबै बस्तिमा मोबाइलको कभरेज नपुगेको पाइन्छ ।

भेरीगंगा नगरपालिकामा नगरको विस्तारपछि साना उद्योग खुल्ने क्रम सूरु भएको छ । डिजेल, पेट्रोल पम्प, होटल, कटेज, माछा, मासु, दुग्ध र कृषिजन्य उद्योग फस्टाईरहेको छ । जुत्ता उद्योग, गार्मेट पनि संचालन क्रम बढेको छ । काठ, फर्निचर उद्योग पनि संचालन क्रम बढेको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here