भेरीगंगामा बीएस्सी एजी सञ्चालन गर्न विश्वविद्यालयसंग सम्झौता

0
227

भेरीगंगा, चैत २३- मध्यपश्चिम विश्वविद्यालय र भेरीगंगा नगरपालिका बिच कृषि तथा वन विज्ञान अन्तर्गत स्नातक तहको कार्यक्रम (बीएस्सी एजी) सञ्चालन गर्ने ग्रेजुएट स्कूल अफ एग्रोफरेष्ट्री शुभारम्भ गर्न सम्झौता भएको छ । सुर्खेतका भेरीगंगा र लेकबेशी नगरपालिका र मध्यपश्चिम विश्वविद्यालय बिच मंगलबार त्रिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर भएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा एक कार्यक्रमका बिच स्नातक तहको कार्यक्रम (बीएस्सी एजी) सञ्चालन गर्ने ग्रेजुएट स्कूल अफ एग्रोफरेष्ट्री शुभारम्भ गर्न विश्वविद्यालय र नगरपालिकाका बीच आपसी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

कर्णाली प्रदेशसभाका सदस्य एवं प्रदेश सरकारका पूर्व आन्तरिक मामिला मन्त्री सिता नेपाली, प्रदेशसभा सदस्य अमृता शाही सहित त्यस क्षेत्रका विभिन्न राजनीतिक दलका नेता एवं सरोकारवालाहरूको रोहबरमा विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा.डा. नन्दबहादुर सिंह र लेकबेशी नगर प्रमुख गगनसिंह सुनार, उपप्रमुख शान्तिकुमारी छन्तेल तथा भेरीगंगा नगर प्रमुख भुपेन्द्रबहादुर चन्द, उपप्रमुख रेणु आचार्यले उक्त १३ बुँदे सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । सो ऐतिहासिक सम्झौता पत्रका हस्ताक्षरकर्ता समेत रहनुभएका उपकुलपति प्रा. डा. सिंहले विश्वविद्यालयलाई औद्योगिकीकरण एवं उत्पादनको केन्द्र बनाइनुपर्ने धारणा राख्नुभयो । उहाँले अब बजारमा बिक्री गर्न सकिने डिग्री विश्वविद्यालयको प्राथमिकतामा रहेको बताउनुभयो । सम्झौतासंगै भेरीगंगा र लेकबेशी नगरपालिकामा बिएस्सी एजी कलेज स्थापना र संचालनको बाटो खुलेको भेरीगंगा नगरपालिका उपमेयर रेणु आचार्यले बताउनुभयो । स्थानीय सरकारको ५ बर्षीय कार्यकालको अन्तिम चरणमा आएर एतिहासिक र महत्वपूर्ण सम्झौता भएको आचार्यको भनाई छ ।

सम्झौतामा उल्लेख भएअनुसार विश्वविद्यालयको स्वामित्वमा रहने गरि भेरीगंगा र लेकबेशी नगरपालिकाले १ सय ३२ विगाहा जग्गा उपलब्ध गराइएको छ भने कार्यक्रम सन्चालनार्थ आवश्यक भौतिक पूर्वाधार एवं शैक्षिक प्रशासनिक जनशक्ति ब्यबस्थापनका लागि तीनै तहका सरकारबाट आर्थिक स्रोत जुटाउन पहल गर्ने प्रतिबद्धता समेत ब्यक्त गरिएको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here