बोटेचौरमा सामुदायिक स्वास्थ्य केन्द्र भवनको उदघाटन

0
261

दिलिप ढकाल, गुर्भाकोट २१ चैत्र – गुर्भाकोट नगरपालिका वडा नम्बर ९ मा सामुदायिक स्वास्थ्य केन्द्र भवनको उद्घाटन गरिएको छ । गुर्भाकोट वडा नम्बर ९ का वडा अध्यक्ष शशिराम भट्टराईले एक कार्यक्रमका बिच सामुदायिक स्वास्थ्य केन्द्र भवनको उद्घाटन गर्नु भएको हो । उक्त स्वास्थ्य भबन उद्घाटनको प्रमुख अतिथि गुर्भाकोट नगरपालिका वडा न.९ का वडा अध्यक्ष शशिराम भट्टराई, विशेष अथिती नेकपा माओबादि केन्द्र गुर्भाकोट नगर कमिटी अध्यक्ष जयबहादुर डाँगी वडानम्बर ९ वडा सदस्य टिकबहादुर खत्री, वडा सदस्य नन्दलाल घर्ती नेकपा एमाले वडा न ९ का अध्यक्ष पहलमान घर्ती, वडा नम्बर ९ का सचिव छबि डाँगीलगायत विभिन्न समाजसेवी हरुको उपस्थिति रहेको थियो ।

उदघाटन समारोहमा बोल्दै वडा नम्बर ९ का वडा अध्यक्ष शशिराम भट्टराईले स्वास्थ क्षेत्रमा आफनो पाँच बर्षको कार्यकालमा आफुले धेरै काम गरेको समेत जानकारी दिनु भयो । साथै सामुदायिक स्वास्थ्य केन्द्र भवनको लागि बजेटको ब्यबस्थापन गर्दीएको मा सुर्खेत क्षेत्र न १ का माननिय धुर्बकुमार शाही लाई धन्यवाद ब्यक्ति गर्नु भएको थियो । उक्त भबनको लागि २८ लाख बजेट बिनयोजन भएको छ । सामुदायिक स्वास्थ्य केन्द्रको भबन बाट आज देखि सेवा सुचारू भएको जानकारी समेत ९ का वडा अध्यक्ष शशिराम भट्टराई ले दिनु भएको थियो ।

समयमै काम सम्पन्न गरेकोमा उपभोक्त समितिका अध्यक्ष छवि डांगीलाई स्वास्थ्यकर्मीहरुले हार्दिक धन्यवाद व्यक्त गरेका छन् । आजदेखी आफनै भबनबाट सेवा सुरु भएकोमा स्थानीयहरु निकै हर्षित भएका थिए । शहरी स्वास्थ्य केन्द्रको भवन उद्घाटनसंगै ९ नं वडाका वडा सदस्य टिकवहादुर खत्रीलाई कोरोनाको वुस्टर खोप लागाई स्वास्थ्य सेवा सुचारु गरिएको थियो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here