बिकास वली बचाउ अभियान संचालन

0
133

भेरीगंगा, फागुन ८-ब्लड क्यान्सर पिडित गुर्भाकोट नगरपालिका वडा नम्बर ९ निवासी बालक वली बचाउ अभियान सुरु गरिएको छ।                                         आर्थिक अवस्था कमजोर रहेका वलीको उपचार्थ विकास वली बचाउ अभियान शनिबारबाट सुरु गरेको हो । सहयोग पुर्याउन समुदायिक विकास केन्द्र सिडिसि भेरीगंगाले आर्थिक सहयोग संकलनसंगै सस्थाको पहलमा शनिबार विभिन्न दाताहरुको सहयोग रकम हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष मानबहादुर बस्यालले बताउनुभयो । सस्थाको आयोजना र समाजसेवी मानबहादुर साहानी क्षेत्रीको पहलमा पहिलो दिन १० हजार ६०५ रुपैयाँ संकलन गरि परिवारमा हस्तान्तरण गरिएको छ। गुर्भाकोट र भेरीगंगाका १६ जनाबाट उक्त रकम संकलन भएको हो ।   विकास वली बचाउ अभियान जारी रहेको र आर्थिक सहयोग गर्न सकिने संस्थाका अध्यक्ष मानबहादुर बस्यालले जानकारी दिनुभयो । पिडित बालक वली २०७७ जेठ महिनादेखि ब्लड क्यान्सर भई सिभिल अस्पताल काठमाडौंमा उपचार भैईरहेको छ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here