नेरा तोलीखोलाको व्यवस्थापन समिति गठन

0
229

भेरीगंगा, साउन २९- श्री नेपाल राष्ट्रिय आधरभूत विद्यालय तोलीखोला भेरीगङगा ५ सुर्खेतलेको विद्यालय व्यवस्थापन समितिले पुर्णता पाएको छ । आईतबार विद्यालयका जेष्ठ अभिभावक श्रीबहादुर वलीको अध्यक्षतामा बसेको अभिभावक भेलाले अभिभावकहरु मध्येबाट ४ जना सदस्यहरु छनोट गरेको हो ।

विद्यालय व्यवस्थापन समिति नँया सदस्य चयन हुनेमा धिरेन्द्र कुमार वली, इन्द्र बहादुर के.सी., भावना खड्का र मनिषा खत्री रहेका छन् । चारजनालाई अविभावकको भेलाले सर्वसम्मत चयन गरेको हो । सोहि भेलाबाट अभिभावक मनिषा वलीको अध्यक्षतामा शिक्षक अभिभावक संघको कार्यकारी समिति गठन गरेको विदालय प्रअ नेमबहादुर वलीले बताउनुभयो ।

भेलामा सहजीकर भेरीगंगा नगरपालिका वडा न ५ का वडाअध्यक्ष प्रेम बहादुर सारु, शिक्षा अधिकृत टेकपाल नेपाली, विद्यालय व्यवस्थापन समिति निवर्तमान तथा पुर्वअध्यक्ष तथा सदस्यहरु, अभिभावक र विद्यालयका शिक्षक कर्मचारीको सहभागीता रहेको थियो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here