तरुणदल सुर्खेतको खाद्यान्न सहयोग

0
461

बैशाख १४, सुर्खेत- तरुणदल सुर्खेतले वीरेन्द्रनगर ६ मा बसोबास गरिरहेका अति विपन्न मजदुरहरुलाई खाद्यान्न सहयोग गरेको छ ।  लकडाउनका कारण मजदुरी गर्न नपाएर छाक टार्न मुस्किल परेका शान्ती टोलका २५ परिवारलाई तरुणदल सुर्खेतले खाद्यान्न सहयोग गरेको हो ।

तरुणदलले पहिलो चरणमा २५ परिवारका लागि एक प्याक चामल, १ प्याकेट नुन, एक पोका तेल र दाल वितरण गरेको छ । तरुणदल सुर्खेतका अध्यक्ष हरि विष्टले आफ्नो सहयोगले विपन्न परिवारको चुलोमा २ छाक भएपनि पाकोस र भोकै बस्नु पर्ने अवश्था नआवस भनेर सहयोगको क्रम जारी राखेको बताउनुभयो । राहत पाए संगै स्थानीयहरु खुशी भएका छन ।
विष्टले अहिलेसम्म ८० भन्दा बढी परिवारलाई खाद्यान्न सहयोग गरिसक्नु भएको छ । बाहिर जिल्लाबाट आएर डेरा गरी बसेका विद्यार्थी, रिक्सा चलाएर जिविकोपार्जन गरिरहेका, दैनिक ज्यालामा मजदुरी गर्ने मजदुर, दीर्घरोगी, अपांगता भएका, विपदबाट पीडित, बेसहारा जस्तालाई लकडाउनका बेला खाद्यान्न सहयोग गर्ने गरेको बिष्टको भनाई छ ।

तरूण सुर्खेतलाई प्रत्यक्षरूपमा तरूणदलका अध्यक्ष हरि बिष्ट, जिल्ला सदस्य जनक थापा, नगर सदस्य सम्राट गौतम, नगर सदस्य पवन श्रेष्ठ, मनोज दाहाल र जय खड्का बाट सहयोग तथा हस्तान्तरण गरिएको हो । विष्टकै पहलमा चिङगाड गाउँपालिकामा यस अघि नै तरुणदल सुर्खेतले राहत वितरण गरेको थियो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here