डाक्टर पढाउन लेकबेशी नगरद्धारा छात्रवृत्ति ऐन जारी

0
1542

टेकेन्द्र बस्याल, भदौ १२- सुर्खेको लेकबेसी नगरपालिकाले हरेक बर्ष नगरपालिकाबाटै एक जना एमबिबिएस डाक्टर जनशक्ति उत्पादन गर्ने गरि एमबिबिएस अध्ययन छात्रवृत्ति सम्बन्धि ऐन, २०७९ जारी गरेको छ । नगरपालिकाभित्रकै जेहेन्दार र गरिव विद्यार्थीलाई निशूल्क एमबिबिएस डाक्टर पढाउने गरि ऐल ल्याएको हो ।

आफ्नै पालिकाको बजेट श्रोत, लगानीबाट हरेक बर्ष एक एक जना डाक्टर उत्पादन गर्ने गरि लेकबेसी नगरपालिकाले एमबिबिएस अध्ययन छात्रवृत्ति सम्बन्धि ऐन, २०७९ जारी गरेको नगर प्रमुख मेयर उमेशकुमार पौडेलले बताउनुभयो । आफ्नो पाँच बर्षीय कार्यकालमा पाँच जना विद्यार्थीलाई निःशुल्क डाक्टर पढाउने उद्धेश्यले सबै तयार सकेर ऐन जारी गरिएको मेयर पौडेलको भनाई छ । ऐन जारी भएसंगै लेकवेशी नगरपालिकाले प्रत्येक वर्ष एक जनालाई निशुल्क डाक्टर पढाउने छ ।

ऐनबाटै एमबिबिएस डाक्टर अध्ययनका लागि छनोट प्रक्रिया, आवेदन प्रक्रिया, आर्थिक श्रोत सहयोग प्रक्रिया, आवश्यक सर्तहरु उल्लेख गरिएको छ । एमबिबिएस अध्ययन छात्रवृत्ति छनोट समिति, आवश्यक योग्यता, क्षमता सबै ऐनमा उल्लेख गरिएको छ । ऐन अनुसार नगरपालिकाले हरेक बर्ष एमबिबिएस अध्ययन छात्रवृत्तिका लागि अक्षय कोषमा ५० लाख बजेट विनियोजन गर्ने भएको छ । हरेक बर्षमा त्यही ५०–५० लाख कोषमा जम्मा गर्ने र हरेक बर्ष एक एक जनालाई डाक्टर अध्ययनका लागि रकम सहयोग गरिने मेयर पौडेलले बताउनुभयो ।

यसरी नगरको रकमबाट निशूल्क एमबिबिएस पढ्ने डाक्टरले पाँच बर्ष नगरभित्र सेवा गर्नुपर्ने सर्त समेत राखिएको छ । नगरपालिकामा प्राथमिक स्वास्थ्य चौकी भएपनि विशेषज्ञ डाक्टरहरु नहुँदा स्थानीयले उपचार नपाएको भन्दै पाँच वर्षको अवधिमा छात्रवृतिमार्फत डाक्टर पढाउने निर्णय नगरपालिकाले गरेको थियो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here