पदम विक, भेरीगंगा-६ सुर्खेत- भेरीगंगा नगरपालिका ६ झिङ्गनी स्थित जनज्योति माविमा एक दिने आँखा अस्पताल शिविर सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाइटी सुर्खेत आखा अस्पतालको आर्थिक र प्राविधिक सहयोग तथा नेपाल रेडक्रस सोसाइटी उपशाखा छिन्चुको आयोजनामा आँखा शिविर सम्पन्न भएको हो ।
जनज्योति मावि झिङ्नीमा आयोजित शिविरमा यश क्षेत्रका ५ सय बढी लाभान्वित भएका छन् । शिविरमा विद्यालयका विद्यार्थी, शिक्षक र वडाका नागरिकले निशुल्क उपचार पाएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष भुपेन्दकुमार रोकायले बताउनुभयो । शिविरमा उपचारका क्रममा मोतिविन्दु तथा आखाका जटिल समस्या भएका ८५ जनालाई थप उपचारका लागि सुर्खेत आँखा अस्पतालमा रिफर गरिएको छ। आँखा अपेरशन तथा थप उपचारका लागि सुर्खेत रिफर गरिएका बिरामीको ५० प्रतिशत छुटमा उपचार हुने आयोजकले जानकारी दिएको छ।
यस्तै फागुन २१ गते नेरा मावि जहरे र फागुन २२ गते शारदा मावि छिन्चुमा आँखा शिविर आयोजना हुने भएको छ।