छिन्चुमा संचालित पाँच दिने निःशूल्क योग शिबिर सम्पन्न

0
192

दिलिप ढकाल, भेरीगंगा असार ११ – आयुर्बेद शाखा जहरेको आयोजनामा भेरीगंगा नगरपालिका वडा नम्बर १२ छिन्चुमा असार ७ गते देखि सुरु भएको निशुल्क योग शिबिर सम्पन्न भएको छ । पाँच दिनसम्म संचालन भएको निशुल्क योग शिबिरको शबिनार एक कार्यक्रमका बिच समापन भएको हो ।

सम्मापनमा प्रदेशसभा सदस्य तथा नेपाली कांग्रे संसदीय दलका प्रमुख सचेतक अमृता शाही, भेरीगंगा नगरपालिका वडा १२ का निवर्तमान वडाअध्यक्ष हरिप्रसाद कंडेल, पतन्जली योग समिती कर्णाली प्रदेश संयोजक शिवराज जैसी, ब्रह्माकुमारी इश्वरिय विश्वविद्यालयका प्रमुख ब्रह्माकुमारी आरती रेग्मी, वडासदस्य इन्द्रलाल गिरिको सहभागीता रहेको थियो । समापन कार्यत्रममा नगरपालिका भौतिक पुर्वाधार शाखा प्रमुख इन्जिनियर विजय के सि, रामजानकी सामुदायिक वन उपभोक्ता समुह,नेपाल रेड्क्रस सोसाईटीका प्रतिनिधि लगायतका अतिथिहरुको उपस्थितिमा निशुल्क योग शिविरको समापन भएको थियो ।

शिविरमा ध्यान मेडिटेसन तथा मानसिक स्वास्थ्यको लागि ब्रहमाकुमारी आरती रेग्मी र आहार विहार खानपान र आयुर्वेद सम्वन्धीको कक्षा प्रशिक्षण कविराज निरीक्षक छविलाल खड्काले दिए । शिविरमा सहभागीलाई योग, ध्यान, स्वस्थ खानपानका बिषयमा जानकारी दिएको थियो । बालबालिका लगायत सम्पुर्ण समुदायमा सर्ने अथवा नसर्ने रोगबाट बच्नका लागि विभिन्न योगसंगै खानपानको आवश्यक पर्ने रोग प्रतिरोधात्मक क्षमता अभिबृदि गर्न सक्ने, स्वस्थ जिबन यापन जिउनको लागि गाउसमाज र टोलटोलमा स्वस्थ जिबनशैलीका कुराहरु अग्रसर बनाउन शिविर गरिएको थियो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here