दिपक बराल, चैत १७- पुर्बी सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर ८ मा रहेको देउती प्राबि चौखेमा लागेको ताला खुलेको छ । शिक्षक र बिद्यालय ब्यबस्थापन समितिको लापरबाहीका कारण बिद्यालयमा विद्यार्थीको पठन पाठन नै अस्त ब्यस्थ भयको र विद्यार्थीको भबिस्य माथि खेलवाड गरियको भन्दै बुधबार दिउसो करिब २ः३० बजे चौखे विधालयमा अभिभावक हरुले ताला वन्दि गरेको थिए ।
सरकारले शिक्षकहरुलाई सम्पूर्ण सेवा तथा सुविधा लगायत तलवको व्यवस्था गरेर पनि निरन्तर रुपमा बिद्यार्थी बिद्यालय आउनेजाने मात्र हुन गरेको र पढाई नहुने गुनासो अभिभाबकसंग बारम्बार पुग्ने गरेकाले शिक्षकको ध्यानाकर्षण गराउनको लागि बिद्यालयमा ताला लगाईयको अभिभाबकहरुले जानकारी दिए । वडा नम्बर ८ का वडाअध्यक्ष पदमबहादुर खत्री, बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष लालबहादुर कामि तथा प्राधानाध्यापक देवबहादुर बुढामगर तथा अभिभाबकहरुको बैठक बसी ताला खुल्ने सहमति भएको थियो । बैठकमा प्रधानाध्यापकले आफुले यस बिद्यालयमा प्र.अ भएर काम गर्न नसक्ने भन्दै अभिभावकको माग अनुसार अन्य बिद्यालयमा सरुवा मिलायर जाने समेत बताउनु भयो ।
विद्यालय ब्यबस्थापन समिति अध्यक्ष लालबहादुर कामिले आफ्नो कार्यकाल अब तिन महिना बाकि रहेकाले उक्त अबधिमा विद्यार्थीको पठन पाठन लाई नियमित गराउने तथा शिक्षकहरुलाई आफ्नो समयमा बिद्यालय आयर पठन पाठन नियमित गराउन सक्दो कोसिस गर्ने जानकारी दिनु भयो ।