हुम बहादुर कार्की पौष १९- गुर्भाकोट नगरपालिका वडा न. २ स्थित जनज्ञान भन्डार माबि कोटखोला मालारानी सुर्खेतमा गोर्खा वेलफेयर नेपालको आर्थिक सहयोगमा भवन निर्माण सुरु भएको छ । गुर्भाकोटको पुर्वीमा रहेको शैक्षिक केन्द्र जनज्ञान माविमा गोर्खा वेलफेयरको सहयोगमा तीन कोठे भबन निर्माण थालिएको हो ।

गोर्खा वेलफेयर नेपालको १५ लाख ५० हजारको आर्थिक सहयोगा उक्त तीन कोठे ट्रर्स भबन निर्माण तिब्र गतिमा कार्य भैरहेको हो । भवनको प्राबिधिक इस्टमेट अनुसार कार्य सम्झौता भै मंसिर महिनादेखि कार्य भैईरहेको विद्यालय प्रध्यानाध्यापक गंगाप्रसाद भट्टले बताउनुभयो । विद्यालयको भवन निर्माण सम्पन्न भए विद्यालयमा कक्षा व्यवस्थापन र संचालनमा सहयोग पुग्ने आशा लिएको छ ।

विद्यालय तीन कोठे भबन शैक्षिक परियोजनाका लागि प्रयोगमा ल्याउने र बिधालयमा थप कक्षाकोठा को ब्यबस्था सहित सुबिधा भएको छ । गोर्खा वेलफेयर नेपालले हरेक बर्ष शिक्षा क्षेत्रमा सहयोग गर्दै आएको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here