गुर्भाकोट ४ वडाद्धारा सामुदायिक विद्यालयमा पंखा बाड्दै

0
119

गुर्भाकोट, जेठ ३१- गुर्भाकोट नगरपालिका वडा नम्बर ४ सहारेले वडाका सबै सामुदायिक विद्यालयमा पंखा वितरण सुरु गरेको छ । गर्मी अत्याधिक बढेसंगै विद्यालयमा पठनपाठन समस्या भैईरहेको बेला वडा कार्यालयले पंखा वितरण थालेको हो ।

विद्यालयका विद्यार्थीको माग र शिक्षकहरुको मागलाई मध्यनजर गर्दै वडाका सबै विद्यालयमा पंखा वितरण थालिएको वडाअध्यक्ष रामबहादुर डांगीले बताउनुभयो । वडा कार्यालय तथा वडा शिक्षा समितिको छलफलबाट वडाका सबै बिधालयहरुमा पंखा वितरण सुरु भएको वडाअध्यक्ष डांगीको भनाई छ । पहिलो चरणमा मंगलबार योशदा कम्पनीको पंखा दिने निर्णयसंगै श्री जनसेवा आधारभुत बिधालय सहारेलाई २० पंखा वितरण गरिएको छ ।

बिधालय प्रधानाध्यापक बम केसिलाई वडाअध्यक्ष डांगीले पंखा हस्तान्तरण गरेका छन् । क्रमश बाँकी सामुदायिक विद्यालयमा पंखा वितरण गरिने भएको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here