गुर्भाकोट ४ वडाद्धारा नेरा पोखरामा पंखा वितरण

0
69

गुर्भाकोट, असार २– गुर्भाकोट नगरपालिका वडा नम्बर ४ सहारेले स्थानीय नेपाल रास्ट्रिय प्राथमिक बिद्यालय पोखरामा आज पंखा वितरण गरिएको छ । उक्त विद्यालयलाई बिहिबार एक कार्यक्रमका बिच वडाअध्यक्ष रामबहादुर डाङ्गीले पंखा हस्तान्तरण गरेका हुन् ।

नेरा सहारेलाई ७ वटा पंखा र वाइरिङ सहितको सामग्री हस्तान्तरण गरिएको हो । गुर्भाकोट नगरपालिका वडा नम्बर ४ सहारेले वडाका सबै सामुदायिक विद्यालयमा पंखा वितरण सुरु गरेको छ । गर्मी अत्याधिक बढेसंगै विद्यालयमा पठनपाठन समस्या भैईरहेको बेला वडा कार्यालयले पंखा वितरण थालेको हो ।

विद्यालयका विद्यार्थीको माग र शिक्षकहरुको मागलाई मध्यनजर गर्दै वडाका सबै विद्यालयमा पंखा वितरण थालिएको वडाअध्यक्ष रामबहादुर डांगीले बताउनुभयो । वडा कार्यालय तथा वडा शिक्षा समितिको छलफलबाट वडाका सबै बिधालयहरुमा पंखा वितरण सुरु भएको वडाअध्यक्ष डांगीको भनाई छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here