गुर्भाकोटमा विद्यार्थीलाई ‘सीयूजी’ सिम वितरण

0
395

उपेन्द्र हमाल गुर्भाकोट, भदौ १७ । नेपाल टेलिकमले विद्यालय जाने विद्यार्थीहरुलाई आफ्नो परिवेश अनुकूल सिक्ने वातावरण सिर्जना गरी सिकाइमा सहयोग पु¥याउन निशुल्क ‘पाठशाला सियुजी सिम’ वितरण गरे पश्चात । विभिन्न विद्यालयहरुमा ‘पाठशाला सियुजी सिम’ वितरण गर्न थालिएको छ ।

यस अन्तर्गत नेपाल टेलिकमले शिक्षा तथा मानव स्रोत विकास केन्द्रसँग समन्वय गरी सरकारी र सामुदायिक विद्यालयका शिक्षक र विद्यार्थीबीच सिकाई सम्पर्क कायम गराउने प्रयोजनका लागि कम्पनीको प्रिपेड मोबाइल ‘पाठशाला सियुजी सिम’ निःशुल्क उपलब्ध गराउन थालेपछि विद्यार्थीहरुले अनलाईनबाटै भएपनि शिक्षा लिइरहेका छन् ।

यस्तै गुर्भाकोट नगरपालिका १ राम्रीकाँडा स्थित श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालयका शिक्षक र विद्यार्थीहरुलाई सिम वितरण गरिएको छ । नेपाल टेलिकमको सहयोगमा ‘सीयूजी’ सिम निःशुल्क वितरण गरिएको हो ।
कक्षा ४ देखि कक्षा ८ सम्म नेपाल टेलिकमको प्रिपेड मोबाइल ‘पाठशाला सियुजी सिम वितरण गरिएको छ । विद्यालयमा सात जना शिक्षक र ८३ जना विद्यार्थीलाई सिम वितरण गरिएको विद्यालका प्रधानाध्यापक कुस्मा शाही ले जानकारी दिनुभएको हो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here