गुर्भाकोटका जनप्रतिनिधिलाई प्रमाणपत्र वितरण

0
194

दिलिप ढकाल गुर्भाकोट जेठ ५- गुर्भाकोट नगरपालिकामा स्थानीय तहमा निर्बाचित भएर आएका जनप्रतिनिधिहरुलाई प्रमाण पत्र वितरण गरिएको छ ।

बिहिबार एक कार्यक्रमका बीच गुर्भाकोटको सिटि हलमा नबनिर्बाचित जनप्रतिनिधिलाई प्रमाण पत्र वितरण गरिएको हो । गुर्भाकोट नगरपालिकामा १४ वटा वडा हरु रहेका छन् । एउटा वडामा अध्यक्ष सहित ५ जना जनप्रतिनिधि हुने भएकाले १४ वटा वडाका ७० जना मेयर, उपमेयर गरि ७२ जनालाई प्रमाण पत्र वितरण गरिएको छ । गुर्भाकोट नगरपालिकाकि निर्बाचन अधिकृत तुलसा भण्डारीले प्रमाण पत्र वितरण गर्नु भएको थियो ।

प्रमुख प्रशासकीय अधिकृत देविकिरण बुढाले टिका र खादा लगाइ ५ बर्षे सफल कार्यकालको सुभकामना ब्यक्त गर्नु भएको थियो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here