कालीमाटीमा दुई महिनादेखि मोबाईल नेटवर्क बन्द

0
480

हुमबहादुर कार्कि जेष्ठ २ सुर्खेत– सल्यानको कालिमाटी गाउँपालिका लगायत आसपासका गाउँमा लगतार दुई महिनादेखि मोबाईल सेवा अवरुद्ध भएको छ । एकमात्र संचार सेवा मोबाईल नेटवर्क समस्या आउँदा संचार सेवाबाट यहाँका नागरिक वञ्चित भएका छन् ।

कालिमाटी बालुवास्थित सिम्ले डाँडामा रहेको स्काइको टावर मोबाइल नेटवर्कले काम नगर्दा त्यस छेत्रमा समस्या देखिएको हो । विभिन्न संचार माध्यमका विभिन्न सुबिधा आइसक्दा पनि यस छेत्रमा सधै समस्या आइरहेको स्थानीय बताउँछन् । विशेष गरि पहिला साँझ बिहान हावाहुरीले गर्दा मात्र समस्या थियो तर यसपटक दुई महिना बितिसक्दा पनि सुधार भएको छैन । आजभोली संचारको माध्यम फोन जस्तो अति आवश्यक साधान नेटवर्कले काम नगर्दा स्थानीय सेवाग्राही समस्यामा परेका छन् । यसैगरी बालुवा जुमखोला दम्दुवाली हात्तिदमार असुरेनी लगाएत धेरै स्थानमा नेटवर्कको समस्या रहेको हुदा हामी बाहिर हुनेहरु घरमा लामो समयसम्म फोनमा बोल्न नपाएको भन्दै सामाजिक संजालबाट काठमाडौदेखि केशब भट्टराईले गुनासो गर्नुभयो । यसस्थानमा स्काइको टावर भएता पनि आवश्यक परेको बेलामा आफ्ना परिवारसंग कुरा गर्न नपाउदा धेरै समस्यामा परेको र तत्काल टावरको समाधान गरि नेटवर्कमा सुधार ल्याउनका लागि स्थानिय सरकार र जनप्रतिनिधि जुट्नुपर्ने समेत उहाँले बताउनु भयो ।

स्थानिय दलबहादुर खत्रीले एकातिर कोरोनाको महामारी अर्को तिर लगातर मनसुनका कारण बाढिपहिरो हुदा समस्या भयो भने समाचार पाउन र पुर्याउन समस्या समेत परेको बताउनु भयो । स्वदेस तथा बिदेसमा बस्नु हने नागरिकले घरमा फोन नलाग्दा सामाजिक संजालमार्फत नेटवर्क बारे पोस्ट गरेका छन् । साथै तत्काल नेटवर्कमा सुधारको पहल गर्न स्थानिय सरकार र जनप्रतिनिधिलाई दवाव दिएका छन् ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here