आवि धारापानी विद्यालय भवन शिलान्यास

0
375

अम्मर राजवंशी, माघ १०- गुर्भाकोट नगरपालिका वडा नम्बर ३ स्थित आबि धारापानीको आईतबार भवनको शिलान्यास गरिएको छ । नेकपा माओवादी केन्द्र संसदिय दलका प्रमुख सचेतक ठम्मर बहादुर बिष्टले एक कार्यक्रमका बिच भवनको शिलान्यास गर्नुभएको हो ।

नेता विष्ट तथा विभिन्न क्षेत्रका व्यक्तिहरुको उपस्थितमा आबि धारापानीको भवनको शिलान्यास भएको हो । सोही अबसरमा नेता विष्टले शैक्षिक क्षेत्रको सुधार र विकासबाट व्यक्ति, घरपरिवार र देशको विकास हुने भन्दै विद्यालय क्षेत्रमा राज्यको लगानी र सहयोग जरुरी रहेको बताउनुभयो । कार्यक्रममा जेष्ठ कम्युनिस्ट मञ्च नगर संयोजक सुरेन्द्र घर्ती, नगर उपाध्यक्ष जनक रेग्मी, अध्यक्ष जय बहादुर डाङ्गी, प्रदेश सदस्य उदिराम डाङ्गिको उपस्थिति रहेको थियो ।

वडाअध्यक्ष रिम ब बिष्टको सभापतित्वमा भवन शिलान्यास भएको हो । उक्त कार्यक्रममा विभिन्न पार्टी परित्याग गर्दै एक दर्जन परिवारले नेकपा माओवादी पार्टी प्रवेश गरेका थिए ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here