अव आँखाको मोतिविन्दुको शल्याक्रिया मेहेलकुना आँखा अस्पतालमा

0
509

दिलिप ढकाल, गुर्भाकोट चैत्र १८- पुर्बी सुर्खेतको गुर्भाकोट नगरपालिकास्थित सामुदायिक आँखा अस्पताल मेहेलकुनामा आँखा सम्बन्धि बिरामीको लागि मोतिविन्दु शल्याक्रिया सेवा सुरु भएको छ । शनिबार एक दिने निशूल्क मोतिबिन्दु शल्याक्रिया सेवा सुरुवात गर्दै सेवा सुरु गरिएको हो ।

आज (शनिबार ) एक कार्यक्रमका बीच निशुल्क मोतिबिन्दु शसल्याक्रिया सेवा सुरु गरिएको छ । कर्णाली प्रदेशका सामाजिक बिकास मन्त्री यज्ञबहादुर बिसीको प्रमुख आतिथ्यता तथा गुर्भाकोट नगरपालिकाका मेयर हस्त पुनको बिशेष आतिथ्यतामा निशुल्क मोतियाबिन्दु शल्यक्रिया शिविरको सुरुवात गरिएको हो । निसुल्क मोतिबिन्दु शल्याक्रिया शिविरमा तदर्थ समिति सदस्य तुलशी शर्माले स्वागत मन्तब्य राख्नु भएको थियो । शिविरमा बोल्दै कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर बिसीले पुर्बी बेल्डका जनताको माग र आबश्यकता लाई मध्यनजर राख्दै स्थानीय स्तरमै आखा उपचार तथा सल्यक्रियाको सेवा सुरु गरेकोमा अस्पताल ब्यबस्थापन समिति लगायत सहयोगी हातहरु सबैलाई बिशेष धन्यबाद ज्ञापन गर्नु भएको थियो । साथै मन्त्रि यज्ञ बहादुर बिसीले आखा अस्पताल निर्माण र बिकाशका लागि आफुले सक्दो सहयोग गर्ने प्रतिबद्दता समेत ब्यक्त गर्नु भएको थियो । त्यस्तै शिविरको सुरुवाती दिनमा नेपाल नेत्र ज्योति संघ सुर्खेत आखा अस्पतालका डाक्टर मानिस खतिवडा र नेपाल नेत्र ज्योति संघ परियोजना ब्यबस्थापक मानबहादुर बमको पनि उपस्थिथि रहेको थियो । यहि चैत्र १७ र १८ गते आँखा सम्बन्धि बिरामीको छनोट गरिएको र छनोटमा सामान्य आखाको सामान्य बिरामी लाई औसधि तथा परामर्श दियर घर पठाईएको थियो । जस अन्तर्गत १७ गते छनोटका आयका ७९ जना मध्ये १२ जना , १८ गते छनोटका आयका १०३ जना मध्ये १६ जना र यो भन्दा अगाडी सम्पर्कमा आएका १५ जना गरि जम्मा ४३ जना मोतियाबिदु सल्यक्रियाको लागि छनोट भएका थिए । त्यसैगरि मोतियाबिन्दु सल्यक्रिया छनोटका लागि आएका ४३ जना मध्य २३ जनाको अत्याधिक सुगर र प्रेसर भएकाले छनोट गर्न नसकिने भन्दै औषधी सेवन गरि प्रेसर र सुगर सामान्य भएपछि शल्यक्रियाको लागि आउनको लागि सलाह सुझाब दिएर घर पठाइएको सामुदायिक आखा अस्पताल मेहेलकुनाका अध्यक्ष तथा गुर्भाकोट नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष बिर्खबहादुर नेपालीले जानकारी दिनु भयो।

हाल आखा अस्पतालको भबनको हाल पहिलो तलाको निर्माण सम्पन भएको र दोस्रो तलामा १३ कोठे भबन निर्माण कार्य सुरु भएको छ । स्वास्थ्य मन्त्रालयको ५० लाख र प्रदेश सरकार को ४० लाख अनुदानमा आखा अस्पतालको पहिलो तलाको भबन निर्माण सकियको हो । त्यस्तै दोस्रो तलाको लागि प्रदेश सरकार सामाजिक बिकास मन्त्रालयले ५० लाख बिनियोजन गरेर निर्माण कार्य सुरु भएको हो । मेहेल्कुनामै आँखा उपचार तथा मोतिबिन्दु शल्यक्रिया सुरु भएकाले पुर्बी सुर्खेत लगायत आसपास जिल्लाका धेरै जनताहरु आखा उपचारको लागि सुर्खेत र नेपालगंज जानु पर्ने बाध्यता हट्ने विश्सास लियको अस्पताल अध्यक्ष बिर्ख बहादुर नेपालीले बताउनुभयो । सामुदायिक आँखा अस्पताल मेहेलकुनामा आयोजित मोतिबिन्दु शल्यक्रिया सम्बन्धि उपकरणहरु बि.एम.जेड.जर्मन र प्राविधिक सहयोग नेपाल नेत्र ज्योति संघको रहेको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here