अध्यक्ष डिसीद्धारा जन्मदिनमा शैक्षिक सामग्री बितरण

0
86

हुमबहादुर कार्की, असोज २ -जनज्ञान भण्डार माबि कोटखोला गुर्भाकोट २ सुर्खेतका विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रकाश डिसीले आफ्नो ४२ औ जन्म दिनको अबसरमा शैक्षिक सामग्री बाड्नु भएको छ । अरुले जन्मदिनमा पार्टी, खानपिनमा फजुल खर्च गर्ने गरेपनि डिसीले जन्मदिन फरक तरिकाले मनाउने भएको हो । पछिल्लो समयमा केक काटेर जन्मदिन मनाउने प्रचलनलाई अध्यक्ष डिसीले आफु अध्यक्ष रहेको बिद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री बितरण गरेर मनाउनुभएको हो ।

विदेशी सस्वृmतीको नक्कल नगरी डिसीले माबि कोटखोलाका गरिब तथा जेहेन्दार बिद्यार्थीलाई पोशाक, कपिकलम लगायत शैक्षिक सामाग्री बितरण गर्नु भएको छ । ४२ औ जन्मदिनको अबसरमा कक्षा ७ का छात्र निरज घर्तीलाई पोशाक र स्टेशनरी सामाग्री, कक्षा ५ का छात्र सन्दिप परियारलाई शैक्षिक सामाग्री, कक्षाका छात्र सुरज बिकलाई शैक्षिक सामाग्री, कक्षा १ कि छात्रा लक्ष्मि भट्टराई, कक्षा ७ कि छात्रा स्मृति खड्का, कक्षा ८ का छात्र अनुपम बुढा, कक्षा ६ कि छात्रा रोजिना बिष्ट, कक्षा ९ का छात्र समीर वलीलाई स्टेशनरी सामाग्री कपिकलम बितरण गर्नु भएको छ ।

अध्यक्ष डिसिका अनुसार जन्मदिनको अबसरमा हजारौ रुपैया मादक पदार्थमा खर्चिने बानीलाई सामाजिक कार्यमा लाग्दा जन्मदिन मानाउने उचित हुने बाताउनु भयो । गरिब तथा जेहेन्दार बिद्यार्थीलाई हौसला मिलोस भत्रे उद्देश्यका साथ आफुले यस्तो कार्य गरेको उहाँको भनाई छ । उहाँ बिगत देखि नै विभित्र संघ सस्थामा आवद्ध रहि सवृmय रुपमा सामाजिक कार्य समेत गर्दै आउनु भएको छ ।

जन्मदिनको सुभकामना दिदै मावि कोटखोलाका प्रअ गंगाप्रसाद भट्टले जन्मदिन मनाउने थुप्रै तरिका भएतापनि यो कार्य उदारणीय रहेको बताउनु भयो । कार्यव्रmममा सोही बिद्यालयका शिक्षकशिक्षिका लगायत बिद्यार्थीहरुले े जन्मदिनको शुभकामना ब्यक्त गरेका थिए । कार्यव्रmमलाई सहजीकरण तथा उद््घोषण शिक्षक दिनेश शर्माले गर्नु भएको थियो । कार्यव्रmमको अन्त्यमा अध्यक्ष डिसिले विद्यालयको बगैचामा विरुवा वृक्षरोपण गरि समापन भएको थियो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here