हावाहुरीबाट भेरीगंगा ७ मा एक घरमा क्षती

0
171

किशोर बस्याल, बैशाख ३१-बैशाख ३० गतेको हावाहुरी को कारण भेरीगंगा ७ मा एक घरमा क्षती पुगेको छ । यहाँस्थित सरोज बस्यालको घरमा हिजो हावाहुरीले क्षति भएको हो ।

हावाहुरीका कारण बस्यालको घरको जस्तापातासहित छानो उडाएको हो । हावाहुरीले जस्तापाता उडाउँदा घरको माटो ढुंगाको दिवाल समेत उडाएको छ । हावाहुरीका कारण घरमा क्षती भएपनि मानबिय क्षति भने भएको छैन् । बिगत २ बर्षदेखि रोजगारीको लागि भारतमा बस्दै आएका सरोज बस्यालको घर हावाहुरीले उडाएपछि लाखौ क्षती भएको छ । जस्तापाताहरु र त्यस घरमा रहेका काठहरु समेत हुरीले नष्ट भएको छ ।

हुरीका कारण घरमा १ लाख ५० हजार क्षति भएको बताएको छ । हिजोको हावाहुरीले पानीले भेरीगंगामा दर्जनौ घरका छानाहरु उडाएको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here