सृजना साना किसान जहरेको साधरण सभा सम्पन्न

0
166

विक्रम तिवारी, असोज ८- सृजना साना किसान कृषि सहकारी संस्था लिमिटेड भेरीगंगा ९ सुर्खेतको हिजो ११ औँ ं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष विष्णुकुमारी रोकायको अध्यक्षता र भेरीगंगा नगरपालिकाका नगर प्रमुख यज्ञप्रसाद ढकालको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो ।

गत आर्थिक वर्षमा सहकारीको निक्षेप तर्फ २ करोड २२ लाख २८ हजार १ सय ५७ रुपैया मौज्दात रहेको, ऋण लगानी तर्फ ५ करोड ४२ लाख ८२ हजार , आम्दानी तर्फ १ करोड ३० लाख ९७ हजार ३ सय ८२ रुपैया रहेको प्रगती प्रतिवेदन संस्थाका अध्यक्ष रोकायले पेश गर्नु भएको थियो । त्यस्तै ९ सय २३ जना शेयर सदस्य रहेको उक्त संस्थामा शेयर पुजी बृद्धि भई ७३ लाख ८७ हजार ९ सय पुगेको अध्यक्ष रोकायाले जानकारी गराउनु भयो । विभिन्न समुह र क्षेत्रमा आफ्ना कार्यक्रम सन्चालन गरेको सहकारीले आगामी वर्षमा पनि रचनात्मक कार्यक्रम सन्चालन गर्ने आगामी कार्ययोजनामा प्रस्तुत गरिएको छ ।

सभामा प्रमुख अतिथी नगर प्रमुख यज्ञप्रसाद ढकाल, विशेष अतिथी नगर उपप्रमुख धनसरा बोहोरा, वडा नं. ८ का वडा अध्यक्ष पुसे कामी, वडा न.. ९ का वडा सदस्य ईश्वर पोखरेल, साना किसान सहकारी लघु वित्त विरेन्द्रनगरका महाप्रबन्धक राजेन्द्र भण्डारी, उत्तरगंगा सहकारीका प्रवन्धक चित्र प्रसाद रेग्मी भेरीगंगा नगरका विभिन्न सहकारीका प्रतिनिधि लगायतका सहभागीहरुले सभा सफलताको शुभ कामना व्यक्त गरेका थिए ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here