साना किसान सहकारी जहरेद्धारा वित्तिय साक्षरता तालिम सम्पन्न

0
244

दिपक बराल, चैत २२- भेरीगंगा नगरपालिका वडा नम्बर ९ जहरेमा एक दिने वित्तिय साक्षरता तथा अन्तर समुह सुद्धिकरण तालिम सम्पन्न भएको छ । साना किसान कृषि सहकारी सस्ंथा लिमिटेड मैनतडाको आयोजनामा जहरे बजारमा संचालन भएको एक दिने वित्तिय साक्षरता तथा अन्तर समुह सुद्घिकरण प्रशिक्षण तालिम आज सम्पन्न हो ।

यस कृषि सहकारी सस्ंथालाई अझै थप सकृय बनाउने, सस्ंथामा आबद्घ रहनुभएका सदस्यहरुलाई नियमित बचत गर्न लगाउने , सदस्यहरुले नियमित ऋण, ब्याज , किस्ता, समयमा बुझाउनेलगायतका विषयमा छलफल गरि प्रशिक्षण दिएको सस्ंथाका प्रबन्धक शोभा रेग्मीले जानकारी दिनुभयो । विभिन्न किसिमका ज्ञान र सिपहरु कृषक तथा सदस्यहरुलाई प्रदान गरि सम्पुर्ण सदस्य हरुलाई आगामी दिनमा तरकारी खेतीमा आबद्घ बनाई व्यवसायी र उद्यमी बनाउने उद्धेश्यले तालिम संचालन गरिएको रेग्मीले बताउनुभयो । यस सहकारी संस्था संचालन भएपछि कृषक हश्रलाई विउ विजनहरु वितरण गरि कृषि क्षेत्रमा लाग्न कृषक हरुलाई सक्रिय बनाउदै कृषि यान्त्रिक उपकरणहरु वितरण गर्दै आएको छ । यस्तै भेरीगंगा नगरपालिकाभित्रका सम्पुर्ण कृषकहरुलाई सहकारी सस्ंथामा आबद्ध बनाई उद्यमी बनाउने सस्ंथाको आगामी उदेश्य रहेको छ ।

संस्थाका प्रबन्धक शोभा रेग्मी, सहायक प्रबन्धक मनिषा खत्री र सस्ंथाका कर्मचारी ललित खत्रीले प्रशिक्षणमा दिनुभएको थियो । कार्यक्रममा वित्तिय साक्षरता तथा अन्तर समुह सुद्घिकरण तालिममा संस्थामा आवद्ध ४० जना शेयरसदस्यहरुको सहभागी रहेको थियो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here