साना किसान सहकारी जहरेको ५५ लाखमा भवन बन्दै

0
377

भेरीगंगा, असोज २८- भेरीगंगा वडा नम्बर ९ जहरेस्थित सिर्जना साना किसान कृषि सहकारी संस्थाले ५५ लाख लगानीमा आफ्नै भवन निर्माण गर्ने भएको छ । निर्माण हुने भवनको बिहिबार एक कार्यक्रमका बिच भेरीगंगा नगरपालिकाका मेयर भुपेन्द्रबहादुर चन्दले भवनको शिलान्यास गर्नुभएको छ ।

भेरीगंगा ९ स्थित जहरेबजारमा बन्ने भवनको लागत ५५ लाख ८ हजार ८२० रुपैँया रहेको छ । भवनको शिलान्यास गर्दै मेयर चन्दले सहकारीको भवन निर्माण र कृषि लक्षित कार्यक्रममा नगरबाट सक्दो सहयोग रहने बताउनुभयो । सहकारीले भेरीगंगा क्षेत्रका कृषकको व्यवसायीक विकासमा सहयोग र लगानी गर्न सुझाव दिनुभयो । सिर्जना साना किसान सहकारीको भवन शिलान्याससंगै निर्माण प्रक्रिया सूरु भएको छ । भवन निर्माणमा भेरीगंगा नगरपालिकाको अनुदान २ लाख, साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेड ईलाका विरेन्द्रनगरको ४ लाख रुपैँया अनुदान सहयोग रहेको छ । यस्तै सहकारीको १६ लाख, सहकारी संस्थाको बोनस रकमबाट २ लाख, सहकारीका सदस्यहरुको सहयोग रकम संकलन र सहकारीका ऋणीहरुको लगानी ०.५ प्रतिशत रकम संकलन गरि भवन निर्माणको अपुग रकम जुटाईने सहकारी अध्यक्ष विष्णु रोकायले जानकारी दिएको छ ।
भवन शिलान्यास कार्यक्रममा भेरीगंगा ९ का वडाअध्यक्ष लक्षुमण राना, वडा नम्बर ८ का वडाअध्यक्ष पदमबहादुर खत्री, स्थानीय निकायका प्रतिनिधी, सहकारीका पदाधिकारी, राजनैतिक दलका प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।

 

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here