सानाकिसान कृषि सहकारीद्धारा पशु उपचार तालिम सम्पन्न

0
92

हुमबहादुर कार्की, गुर्भाकोट– २ सुर्खेत- शुक्रबमार गुर्भाकोट २ खरिगैरास्थित चेतना महिलासाना किसान कृषि सहकारी सस्थामा दुई दिने सेयर सदस्यता हरुका लागि पशु ब्यबस्थापन तथा उपचार तालिम सम्पन्न भएको छ । सहकारी सस्थाको आयोजना तथा साना किसान बिकास लधुबित्त बित्तिय सस्था इलाका कार्यलय सुर्खेतको आर्थिक सहयोगमा पशु ब्यबस्थापन तथा उपचार तालिम सम्पन्न भएको हो ।


लेखफर्सा साना किसानका प्रबन्धक तथा कार्यक्रमका प्रशिक्षक प्रेमप्रसाद ढकालको प्रमुख अतिथ्यमा र यसै सस्थाका अध्यक्ष मङली पुनको सभापतित्वमा दुई दिने तालिम समापन भएको हो । प्रमुख अतिथी ढकालले पशुपालन सम्बन्धी पशुमा लाग्ने संक्रमण रोग ,आन्तरिक तथा बाह्या परिजिबीको साथै सुधारिएको भकारोको बारेमा विशेष सन्देशमुलक जान्कारी प्रदान गर्नु भयो । तालिममा यस क्षेत्रका भेटनरी बिज्ञ तथा प्रशिक्षक टोपनारायण गैरे अतिथीको रुपमा रहनुभएको थियो । पशु पालन कार्यका लागि समय समयमा पशुको स्वास्थको चेकजाँच र आधुनिक तरिकाले पशुपालन गरे धेरै फाइदा हुने र अर्गानीक दूध दहि महि र मल समेत उपलब्ध हुने उहाँले बताउनु भयो ।

तालिमलाई समापन गर्दै यसै सस्थाको अध्यक्ष तथा सभापति पुनले हामी कृषि प्रधान देश भएकोले कृषिमा लागि उन्नति गर्न सक्ने बताउनु भयो । कार्यक्रम लाई उद्घोषक तथा सहजीकरण सहकारी सस्थाका प्रबन्धक मोहन हमालले गर्नु भएको थियो । तालिममा सस्थाका सेयर सदस्यहरुको उपस्तिथि रहेको थियो । तालिममा ५५ जनाको सहभागी थियो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here