सादिखोलामा काउली, प्याज र मसुरोको अनुगमन

0
698

छवि विक, भेरीगंगा फागुन १४- भेरीगंगा नगरपालिका वडा नम्बर ११ सादिखोलामा शनिबार कारितास नेपाल फिल्ड साफबिन कार्यलय सुर्खेतको आयोजनामा अनुसन्धान कर्ता र कृषकहरुको सामुहिक फिल्ड अनुगमन गरिएको छ । अनुगमनका क्रममा कृषकहरुले बारीमा लगाएको ब्रोकाउली, प्याज र मसुरो खेतीको अनुगमन गरिएको हो ।

कुषि अनुसन्धान निर्देशनालय लेकवेशी नगरपालिका ४ दशरथपुर सुर्खेतका प्राविधिक अधिकृत केशवराज पोख्रेल, प्राविधिक सहायक सुमनबाबु कंडेल र समुहका कृषकहरु बिच सामुहिक अनुगमन भएको हो । अनुगमन पश्चात ब्रोकाउलीमा विभिन्न अर्गानिक मलहरुको परिक्षणको नतिजा राम्रो देखिएको थियो । अर्गानिक मलहरु गडैला र कुखुराको मलमध्ये कुखुराको मल प्रयोग गरिएको ब्रोकाउलीको उत्पादन सबैभन्दा राम्रो हुने अधिकृत केशवराज पोख्रेलले बताउनुभयो । अनुगमन गरिएको नतिजा बाट आगामी दिनमा कृषकहरुलाई रासायनिक मलको ठाँउमा कुखुराको मल र गडैला मल बनाउने र प्रयोग गर्ने बिधी विस्तार गरी सम्पुर्ण कृषकहरुलाई अर्गानिक खेतीतर्फ पोत्साहन गर्ने कार्यक्रम गर्न सुझाव दिईएको अधिकृत पोख्रेलले भनाई छ । पोख्रेलका अनुसार यसक्षेत्रमा सिँचाई सुविधा कम रहेकोले आगामी दिनमा कुषकहरुलाई चना र मसुरो खेती गर्न सुभाब दिईएको छ ।


अनुगमनकै क्रममा कृषकहरुले च्याउ सम्वन्धि तालिम लिई च्याउ उत्पादनको खेती गर्न सुरु गरेको पाईएको छ । च्याउ खेतीलाई व्यवसायक रुपमा अगाडी बढाउन पोत्साहन गरिएको प्राविधिक सहायक सुमनबाबु कंडेल जानकारी दिनुभयो । यसक्षेत्रमा कृषकहरुलाई सिचाइको लागि पानीको समस्या भएकोले सिचाई सुविधा उपलब्ध बनाईन दिन सम्वन्धित निकायसम्म सुभाव लिन कृषकहरुलाई सल्लाह दिईएको सहायक प्राविधिक कंडेल जानकारी दिनुभयो । सामुहिक फिल्ड अनुगमन कार्यक्रममा कारितास नेपाल फिल्ड कार्यलय सुर्खेतको सहजकर्ता छविलाल वि.क लगायत दुई दर्जन कृषकको सहभागीता रहेको थियो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here