देवेन्द्र वली भेरीगंगा, सुर्खेत- सुर्खेत क्षेत्र नम्बर १ का बिघटित संघीय सांसद धुव्रकुमार शाहको पहलमा आगामी आर्थिक बर्ष २०७८।२०७९ का लागि क्षेत्र नम्बर १ मा २१ करोड पुर्वाधार निर्माण बजेट विनियोजन भएको छ । विघटित संसदका सांसद शाहीको पहलमा सुर्खेतको निर्वाचन क्षेत्र नं. १ मा शहरी विकास मन्त्रालय अन्तर्गत सडकको विकासमा बढि प्राथमिकता दिइएको हो । संघिय सरकार तथा सासंद कोषबाट आर्थिक वर्ष २०७८÷०७९ को लागि कालोपत्रे, नाला र नयाँ ट्रयाक निर्माणको लागि उक्त बजेट छुट्टाएको हो ।

जसमा जहरे विशाल चोक १४ गोचेखोला चिसेखोली (चत्रपथ) नाङ्गी पातिहाल्ना सडक ७ र ९ स्तरोन्नती १ करोड, कालिदमार तोलिखोला हात्तिखाल कालोपत्रे ५० लाख, रत्न राजमार्ग पिपलडाँडा सडकमा १ करोड, सिम्ताली डाँडा—लामाखाली सडक भेरीगंगा ६ मा १ करोड, बालुवाटार—कटेल टोल भेरीगंगा ११ मा ५० लाख, जाजारकोट सडक देखि—कासिपुर स्कुल सडक १ करोड बजेट विनियोजन भएको हो । यस्तै छिन्चु—डुगीखोला—लेखपराजुल भेरीगंगा २÷३ मा सडक १ करोड, सत्तरी—काल्पानी सडक स्तोन्नती १ करोड, सत्तरी—मोहटी—भर्याङ मनिरामकाँडा भेरीगंगा १÷२ मा १ करोड, खरीगैरा—रातामाटे—आलेडाँडा सडक गुर्भाकोट २ मा १ करोड, वर्दि—दर्खासे—बराहडाँडा सडक कालोपत्रे गुर्भाकोट २ मा १ करोड, मिलनचोक—बुदबुदी—डाँडागाउ सडक गुर्भाकोट ४ मा ५० लाख, आँपखोली—घर्तीटोल सडक गुर्भाकोट ४ मा ५० लाख बजेट पास भएको हो । यसैगरि रैकर—धारापानी सडक गुर्भाकोट ३ मा ५० लाख, कुइरे—कल्याण सडक लेखवेशी ७ मा १ करोड, दशरथपुर—टाँडी—कमेघारी सडक लेखबेशी १ करोड, बाघखोर—दोघाटे सडक गुर्भाकोट ४ मा ५० लाख, पातिहाल्ना—पारेखेत—पोखरा सडक ५० लाख, घारीसेरा—दहचौर सडकमा ५० लाख, बडिपाटि—चौरासे सडक ५० लाख, छोटे—लेखफर्सा सडक लेखबेशी १ मा ५० लाख, सहारे बसपार्क गुर्भाकोट ९ मा १ करोड ५० लाख रकम विनियोजन भएको हो ।

यसैगरी आगामी आर्थिक बर्षका लागि बहुउद्देयिय कवर्ड हल भेरीगंगा १२ मा ५० लाख, पर्यटकिय पुर्वाधार निमार्णमा ५० लाख, पातिहाल्ना—सहारे—स्कुल चौतारी गुर्भाकोट ४ मा ५० लाख, जहरे—लेखझिङनी सडक भेरीगंगा ६÷९ मा ५० लाख, मेहेलकुना—बडाखोली सडक कालोपत्रे १ करोड र खरीगैरा—राम्रीकाँडा सडक ५० लाख बजेट विनियोजन गरिएको छ । विनियोजित बजेट कसरी र समयमा खर्च हुन्छ कि हुन्न भने आशंका रहेपनि बजेट र योजना परेकोमा यहाँका स्थानीयबासीले खुशी व्यक्त गरेका छन् ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here