दिलिप ढकाल, गुर्भाकोटफागुन १८- सल्यानको कालीमाटी गाउपालिकामा वडास्तरीय मूकृषक गोष्ठी सम्पन्न भयको छ । कालीमाटी गाउपालिकाका सात वटै वडामा वडास्तरिय मुल कृषक गोष्ठी सम्पन्न भएको हो ।
यहि फागुन ११ गते देखि कालीमाटी गाउपालिकाको वडा नम्बर ५ बाट सुरु भएको उक्त कार्यक्रम १२ गते वडा नम्बर ६ मा,१३ गते वडा नम्बर ७ मा, १४ गते वडा नम्बर १ मा,१५ गते वडा नम्बर ४ मा,१६ गते वडा नम्बर २र ३ मा वडास्तरिय मूल कृषक समिति (गोष्ठी) सम्पन्न भयको छ । उक्त कार्यक्रममा वडा भित्र कृषिमा सम्भाबित कुन–कुन कार्यक्रम संचालन गर्दा उपयुक्त हुन्छ, कृषकको माग के–के छन् ,पालिकाभित्र कस्ता खालका नीति नियम बनाउदा कृषकलाई सहज हुन्छ भन्ने बिषयमा छलफल केन्द्रित भएको गाउपालिका कृषि शाखा प्राबिधिक गंगाराम बुढाथोकीले जानकारी दिनुभयो । कार्यक्रममा सथानीय जनप्रतिनिधि, गाउपालिकास्तरीय मूल कृषक समितिका पदाधिकारी, वडास्तरीय मूल कृषक समितिका पदाधिकारी, वडा सचिब र गाउपालिका कृषि शाखाका कर्मचारीको सहभागिता रहेको थियो ।
प्रत्येक वडाका प्रत्येक कृषक समुहमा आबद्द एक–एक जनाको उपस्थितिमा कार्यक्रम संचालान भएको थियो । गत आर्थिक बर्षमा भएगरेका कामको समिक्षा सहित आउने आर्थिक बर्षमा कस्ता खालका कार्यक्रम ल्याउदा कृषकलाई लाभदाईक र व्याबसायमुखी बनाउन सकिन्छ भने बिषयमा उक्त कार्यक्रममा छलफल भयको पालिका कृषि शाखा प्राबिधिक गंगाराम बुढाथोकीले जानकारी दिनुभयो ।