सल्यानको कछुवा दह वनमा भिषण आगलागी

0
156

दिलिप ढकाल, सल्यान बैशाख ५- देशभर गर्मी बढेसंगै विभिन्न सामुदायिक बनलगायतका जंगलहरुमा दैनिकजसो आगालागीका घटनाहरु हुन थालेका छन् । आगलागी हुदा बनजंगल बिनाश हुनुका साथै बन्यजन्तुको बासस्थान पनि नस्ट हुने गरेको छ । धेरैजसो जंगली जनावर तथा चराचुरुङ्गीको आगलागीमा परि मृत्यु हुने गरेको र घाईते भएका जनावर तथा चराचुरुङ्गीको पनि मृत्यु हुने गरेको छ ।

आगलागी हुने क्रममै सल्यान जिल्ला कालीमाटी गाउपालिका वडा नम्बर ३ को घनारी सामुदायिक बनबाट सुरु भएको आगोसंगै जोडिएको कछुवा दह सामुदायिक बनमा प्रवेश गरेपछि अहिले उक्त आगो नियन्त्रण बाहिर गएको कालीमाटी गाउपालिका वडा नम्बर ३ का वडा अध्यक्ष बिरबहादुर ओलीले जानकारी दिनु भयो । घनारि सामुदायिक बनमा लागेको आगो अहिले नियन्त्रणमा आएको र कछुवा दह सामुदायिक बनमा लागेको आगो स्थानिय जनता, इलाका प्रहरी कार्यालय कालिमाटीको प्रहरी टोलि, जनप्रतिनिधि, सामुदायिक बनका अध्यक्ष लागायतले अथक प्रयास गर्दापनि आगो नियन्त्रणमा ल्याउन नसकिएको कालीमाटी गाउपालिका वडा नम्बर ३ का वडा अध्यक्ष बिरबहादुर ओलीले जानकारी दिनुभयो ।

जंगल भिरालो र त्यसमा पनि खर धेरै भएकाले आगो लागिरहेको र अहिले कालीमाटी गाउपालिकाका ७ वटै वडाका विभिन्न स्थानमा आगो लागिरहेको कालीमाटी गाउपालिकाका अध्यक्ष दानबहादुर केसीले जानकारी दिनुभयो । आगो कसले कहाँबाट लगाएर फैलिएको भन्ने जानकारी नभएपनि जंगलमा थाकल खान जाने केटाकेटीले आगो लगाएको हुन सक्ने अध्यक्ष केसीले जानकारी दिनुभयो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here