सरकारको निति कार्यक्रममा रामघाट विमानस्थल सम्बोधन

0
179

सुर्खेत, जेठ १०- सुर्खेतके भेरिगंगा नगरपालिकाको रामाघाटमा विमानस्थल निर्माण गरिने भएको छ । सरकारले नीति तथा कार्यक्रमको योजनामै समेटेर आगामी आर्थिक वर्ष विमानस्थल निर्माणका लागि पहल थालिने जानकारी दिइएको हो । राष्ट्रपति भण्डारीले प्रतिनिधि र राष्ट्रिय सभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भनिन्,‘ कर्णाली करिडोरका बाँकी रहेका ट्रयाक खोलेर हुम्लालाई राष्ट्रिय सडक सञ्जालमा जोडिने छ ।

सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले भेरीगंगाको रामघाटमा प्रदेशस्तरीय विमानस्थल निर्माणका लागि स्वीकृत प्रदान गरेको छ । स्वीकृत प्रदानसंगै कर्णाली प्रादेशिक विमानस्थल अव रामघाटमा बन्ने निश्चित भएको छ । सोमबार बसेको नेपाल सरकार मन्त्रीपरिषद्को बैठकले भेरीगंगाको रामघाटमा प्रदेशस्तरीय विमानस्थल निर्माणका लागि स्वीकृत भएको हो । आजभन्दा पाँच बर्षअघि अन्तरराष्ट्रिय स्तरको क्षेत्रीय विमानस्थल निर्माणको भौगर्भिक सम्भाव्यता अध्ययन कार्य शुरू भएको थियो । नेपाल सरकार मन्त्रिपरिषद्ले सुर्खेतको पूर्व भेरीगंगा नगरपालिका रामघाटमा विमानस्थल निर्माणको कार्य शुरुआत गर्ने निर्णय गरेको थियो । सम्भाव्यता अध्ययनका लागि काठमाडौंबाट भूगर्भविद् र इञ्जिनीयरको टोली आएको हो ।

भेरीगंगा नगरपालिकाको तीन ओटा सामुदायिक वन क्षेत्रभित्र पर्ने र प्रस्तावित क्षेत्रको वरिपरि रत्न राजमार्ग र छिञ्चु जाजरकोट सडकले जोडेको, करीब ३ किलोमिटर चौडाइ र ११ किलोमिटर लम्बाइ रहेको समथर जमीनमा विमानस्थल बनाउन उपयुक्त हुने धारणा तत्कालिन राजनीतिक दलका प्रतिनिधिहरूले राखेका थिए ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here