भेरीगंगा, बैशाख ४- भेरिगंगा नगरपालिका वडा नम्बर ७ निवासी युवानेता तथा समाजसेवी रगविर मिजारको नेतृत्वमा राहात वितरण गरिएको छ। विश्वभर कोरोना भाइरस कोभिड १९ को लकडाउनमा मजदुर, गरिव र विपन्न परिवारको खाद्यान्न सकिए थालेसंगै मिजारको नेतृत्वमा वडा नम्बर ७ का ४० घर परिवारलाई खाद्यान्न उपलब्ध गराएको हो ।
समाजबादी पार्टीका कर्णाली प्रदेश समितिका कोषाध्यक्ष, युवा नेता तथा समाजसेबी रगबिर मिजारको पहल र नेतृत्वमा यहाका ४्० परिवारले राहात पाएका छन््। बिहिबार वडा नम्बर ७ मा हायोजित कार्यक्रमका बिच राहात खाद्यान्न बाडिएको छ। समाजबादि पार्टी का केन्द्रिय सदस्य तथा कर्णाली प्रदेश सहइन्चार्ज बलबिर नेपाली, वडाअध्यक्ष कर्णबहादुर मिजारले खाद्यान्न बाडे । करिव एक लाख मूल्य बराबरको खाद्यान्न पहिलो चरणमा बाडिएको युवा नेता िमजारले जाकारी दिए ।
भेरीगङा ७ का देशबिदेशमा रहनु भएका 35 जना युबाहरुले स्वदेशमा रहेका विपन्न र गरिव परिवारलाई खाद्यान्न उपलब्ध गराउन एक लाख रकम संकलन गरि पठाएका थिए । एक लाख रकमको पहिलो चरनमा नब बिहानी टोल बिहानी टोल र मुलपनी टोल का गरिब मज्दुर, श्रमिक, अपांग असहायहरवलाई छनोट गरि खाद्यान्न बाडिएको छ। वडा न ७ का अध्यक्ष कर्ण बहादुर मिजारको रोहबरमा खाद्यान्न बितरन गरियो र बाकी टोलहरुमा केही दिन मा बितरन गरिने छ योजना रहेको छ। ढिलै भएपनि राहात पाएकोमा सहभागीले खुशी व्यक्त गरे ।