लेकबेशी नगरपालिकास्तरीय तालिम सम्पन्न

0
249

लेकबेशी, फागुन २५ सुर्खेत- लेकबेशी नगरपालिकास्तरीय एक वडा एक पत्रकार उत्पादन तालिम सम्पन्न भएको छ । लेकबेशी नगरपालिकाका १० वडामा दक्ष पत्रकार उत्पादनका लागि आयोजित तालिम सोमबार सम्पन्न भएको हो ।

तालिम समापन गर्दै प्रमुख अतिथि तथा समाजसेवी उमेशकुमार पौडेलले पत्रकार राज्यको चौथो अंग रहेको भन्दै स्थानीय तहमा प्रतिपक्षको काम गर्नुपर्ने बताउनुभयो । पत्रकारले निष्पक्ष, जनताका सवालमा समाचार लेख्न सक्नुपर्ने उहाँले सुझाव दिनुभयो । तालिम समापन शत्रमा बोल्दै कृषि अनुसन्धान केन्द्र दशरथपुरका सवईन्जिनियर कृष्णप्रसाद न्यौपानेले वडास्तरबाट सहभागी भई समाचार लेख्न सक्षम भएका वडाका पत्रकारले स्थानीय स्तरका सरकारसंग समन्वय र सहकार्य गरेर जनताका आवाज बन्नुपर्ने बताउनुभयो । पत्रकारिता तालिम दिएर आयोजकले ढोका खोल्ने काम गरेको उहाँको भनाई थियो । लेकबेशी नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष खगेन्द्रबहादुर रुचालले स्थानीय सरकारले गर्नुपर्ने एक कार्यक्रमको दायित्व बिजि मिडियाले पूरा गरेको बताउनुभयो । उत्पादित जनशक्तिलाई वडा र नगरपालिकाबाट सहयोग हुने र आगामी कार्यक्रमका लागि आफूहरु सहकार्य गर्न तयार रहेको उहाँले भन्नुभयो । पत्रकार जेवि सुनारले समाचार लेख्नका लागि एक दिनको तालिम पनि हिड्ने बाटो भएको भन्दै अवको बाटो मेहेनत र अभ्यासमा निर्भर रहने बताउनुभयो ।

तालिममा लेकबेशी नगरपालिकाका १० वडाका १५ जनाको सहभागीता रहेको थियो । सहभागीलाई अतिथिहरुले प्रमाणपत्र वितरण गर्नुभएको थियो । तालिममा आयोजकलाई सहयोग गरेको भन्दै बिजि मिडिया गु्रपले वडाअध्यक्ष खगेन्द्र रुचाल, समाजसेवी प्रतिमान बागवान, पत्रकार जेवि सुनार र स्थानीय सुमन अधिकारीलाई सम्मान गरिएको थियो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here