मृत्यु दावी छत्तीस लाख रकम हस्तान्तरण

0
223

गुर्भाकोट, बैशाख १० – प्राइम लाइफ इन्शोरेन्स मेहेलकुना शाखाले मृत्यु दावी रकम हस्तान्तरण गरेको छ । मुसिकोट–१४ रूकुम पश्चिम निबासी भिम बहादुर खत्री क्षेत्रीको निधन पश्चात जीवन बिमा मृत्युदावी छतीस लाख हस्तान्तरण गरेको हो ।

भूक्तानी छत्तिस लाख उहाँको जीवन संगिनी शुसिला विष्ट खत्री क्षेत्री तथा परिवारजनमा हस्तान्तरण गरियो । चेक उहाकै घरमा गएर हस्तान्तरण गरिएको हो । हिजो आयोजित मृत्यु दावी रकम हस्तान्तरण कार्यक्रममा प्राइम लाइफ मेहेलकुना शाखाका प्रमुख ध्रुवप्रसाद शर्माले चेक हस्तान्तरण गर्नु भएको प्राइम लाइफ इन्शोरेन्स मेहेलकुना शाखाले जानकारी दिएको छ । शाखा प्रमुखले बिमाको महतो बारेमा जानकारी दिए ।

समाज सेबि लोकेन्द्र डागीले गाउँगाउँमा आएर बिमाले राहत दिएकोमा खुसी हुदै सबैलाई बिमा गर्न आग्रह गर्नुभयो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here