हुम बहादुर कार्की चैत्र २- कृषि बिकास बैंक लिमिटेड शाखा कार्यलय छिन्चु को आयोजना मा र हरियाली कृषि बजार गुर्भाकोट २ मालारानी को समन्वयमा बित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको हो ! कृषि बिकास बैंक छिन्चु शाखा कार्यालय का प्रबन्धक दीपेन्द्र कुमार महत्तो को अध्यक्षतामा र प्रदेस कार्यलयकाका प्रमुख खुर्सिद अहमद को प्रमुख अतिथ्यमा र प्रदेस कार्यलय का बरिस्ठ अधिकृत नबराज बुढा, प्रदेस हेड अफिस का रघुनाथ जोसि, सहकारिका सचिब नन्दलाल भुसाल, वडा सद्स्य सुरेन्द्र प्रसाद ढकाल, छिन्चु शाखा बाट शेर बहादुर जिसि, अशोक कुमार थापा, नवीन काफ्ले, गणेश पाण्डेय लगायतमा विशेष अतिथी तथा अतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो !
कार्यक्रमका प्रमुख अतिथी खुर्सिद अहम्मदले हामी सबै को घर आगन मै कृषि बिकाश बैंक भएको ले यसमा आवद्ध भै घर बाटै किसान एप्स मार्फत सेवा लिनका लागि जोड दिनु भएको थियो ! यसैगरी बित्तीय साक्षरता सम्बन्धी जानकारी दिदै प्रदेश कार्यलयका बरिस्ठ अधिकृत नबराज बुढाले बैक को एप्स मार्फत आफ्ना आय आर्जन खर्च बचत को ब्यबस्थापन कसरी गर्ने र एटिएम,मोबाइल बैंक्किङ्ग,एसएमएस अलर्ट किसान एप्स आदि को प्रोडक्टर सम्बन्धी कसरी प्रयोग गर्ने भन्ने बारे जानकारी दिनु भएको थियो ! कार्यक्रममा स्वागत मनतब्य राख्दै हरियाली कृषि बजार सहकारी का सचिब नन्दलाल भुषालले अब को युग डिजिटल प्राविधिक मार्फत चलेको हुनाले हरेक आर्थिक कारोबार का लेनदेन का कार्य घर भित्रै बाट सहजै गर्न सकिने भएकोले यसमा आवद्ध हुन जरुर रहेको बताउनु भएको थियो ! कार्यक्रम मा सम्बोधन गर्दै प्रदेश हेड अफिस का प्रमुख रघुनाथ जोशिले आधुनिक प्रबिधिको ज्ञान,बित्तीय साक्षरता को अभियान भन्ने मुल नाराका साथ घन्टौ लाइन मा लागेर समय को बर्बाद गर्नु भन्दा बिद्दुतिय मोबाइल किसान एप्स मार्फत घरमै बसेर सबै कारोबार गर्न सकिने बताउनु भएको थियो ! यस्तै कार्यक्रम मा आफ्ना भनाइ राख्दै वडा सदस्य सुरेन्द्र प्रसाद ढकालले पहुच हुने हरुले मात्र कर्जा लिन सक्ने भएकोले यसमा ब्याक्ति ब्यबसाय को अबलोकन गरि कर्जा उपलब्ध गराउन बैंक लाई सुझाब दिनु भएको थियो !
कार्यक्रम समापन गर्दै छिन्चु शाखा का प्रबन्धक दिपेन्द्र कुमार महत्तोले किसान एप्स र किसान क्रेडिट कार्ड प्रयोग ले भरपर्दो एबम सुरक्षित रुपमा सन्चालन गर्न मिल्ने भएकोले बैंक मा सदस्यता लिइ यस्ता थुप्रै आर्थिक कारोबार गर्न सकिने बताउनु भएको थियो ! कार्यक्रम मा १५ जना विद्यार्थीहरु र ४५ जना सहकारी सेयर सदस्य कृषकहरु गरि जम्मा ६० जना को उपस्थिती रहेको थियो ! भने कार्यक्रम सन्चालन नवीन काफ्ले ले गर्नु भएको थियो ! कार्यक्रम वडा को सभा हलमा भएको थियो !