मालारानीमा सुत्केरी आमालाइ पोषणयुक्त विउविजन वितरण

0
117

हुमबहादुर कार्की – असार ८ -गुर्भाकोट नगर पालिका वडा न. २ को आर्थिक सहयोगमा र नगर कृषि शाखा तथा नगर स्वास्थ्य शाखाको ब्यबस्थापन मालारानी स्वास्थ्य चौकीमा सुत्केरी आमालाइ पोषणयुक्त विउविजन वितरण गरिएको छ । गुर्भाकोट नगर पालिकाको आयोजनामा, मालारानी स्वास्थ्य चौकीको समन्वयमा गत श्रावणदेखि हालसम्म स्वास्थ्य चौकीको बर्थिङ्ग सेन्टरमा सुत्केरी भएका आमाहरुलाई पोषणयुक्त्त खाद्यन्न उत्पादनको लागि बीउबिजन बितरण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रम वडा सदस्य तिला टमटाको प्रमुख अतिथ्ययमा भएको थियो । यसैगरी स्वास्थ्य चौकी मालारानी प्रमुख निरक शर्माको सभाअध्यक्षमा, नगर स्वास्थ्य शाखा अनन्त केसि, नगर कृषि शाखा मानबहादुर खत्रीको अतिथ्ययमा सुत्केरी पोषणयुक्त्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा आमा र बच्चाको स्वास्थ्य सुधार गर्ने मुल उद्देश्यका साथ पोषणयुक्त खाद्यन्न उत्पादनका लागि हरियो सागपातक बीउबिजन लगायत अण्डा र केरा बितरण गरिएको वडा सदस्य तिला टमटाले बताउनु भयो । सुत्केरी आमाहरुका लागि यस स्वास्थ्य चौकीबाट नियमित पोषणका लागि कार्यक्रम गर्दै आएको समेत बताउनु भयो ।

कार्यक्रममा सुत्केरी आमालगायत आमा समूह र महिला स्वयंसेबिकाहरुको समेत उपस्थिति रहेको थियो । सुत्केरी आमा ४० जनालाई हरियो बीउबिजन जस्तैः साग मुला काक्रो भेण्डी बोडि लगायतका बीउ बितरण गरिएको महिला स्वयंसेबिका प्रमुख संगीता पराजुलीले बताउनु भयो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here