भेरीगंगा ८ का दुई सय घरधुरीको लालपुर्जा तयार, वितरण हुँदै

0
317

भेरीगंगा, चैत १९ -भेरीगंगा नगरपालिकाले नगरका अव्यवस्थित र सुकुम्बासीहरुको लालपुर्जा वितरणको तयारी गरेको छ । नगरका १३ वडाका लामो समयदेखि अव्यवस्थित र भुमिहिन भएर बसेका व्यक्तिहरुको लालपुर्जा तयार पारी वितरणको अन्तिम चरणमा पुगेको हो ।

पहिलो चरणमा भेरीगंगा वडा नम्बर ८ का दुई सय घरधुरीका लालपुर्जा तयार भएको भुमि आयोग भेरीगंगा कार्यालयका संयोजक गजेन्द्रकुमार जिसीले बताउनुभयो । वडा नम्बर ८ अन्तर्गत पर्ने कोटमाझखर्कको अव्यवस्थित जग्गाको दुई सय लालपुर्जा तयार भएको हो । मालपोत कार्यालयबाट जग्गा पुर्जा प्रिन्ट भैईसकेको छभने मालपोत कार्यालयले राष्ट्रिय भुमि आयोगलाई हस्तान्तरण गर्ने, आयोगले नगरपालिकालाई हस्तान्तरण गरेर वितरण हुने संयोजक जिसीले जानकारी दिनुभयो ।

भेरीगंगा ८ अन्तर्गत कोटमाझखर्कमा पर्ने कुलोदेखि माथि चौखे, देवस्थल, देउतीखोला, मैतनडा, कुईरेका अव्यवस्थित जग्गाको लालपुर्जा तयार भएको वडाअध्यक्ष पदमबहादुर केसीले बताउनुभयो । वडा नम्बर ८ को दुई सय लालपुर्जा वितरणपछि बाँकी पुर्जा पनि बन्ने र क्रमश वडा नम्बर ६,७,९ हुँदै नगरका सबै वडाका लालपुर्जा बन्ने केसीले जानकारी दिनुभयो । एक दुई दिनमा वडा नम्बर ८ का लालपुर्जा वितरण गर्ने नगरपालिकाले तयार गरेको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here