भेरीगंगा, फागुन ९- पुर्वी सुर्खेतको भेरीगंगा नगरपालिका क्षेत्रमा एक सातामा सयौ घरपालुवा कुखुरा मरेका छन्। अज्ञात रोगका कारण एक साता यता वडामा सयौ कुखुरा मरेका छन्। बर्ड फ्लू रोगसंग लक्षण मिल्दोजुल्दो रोगबाट सातामै कृषकका कुखुरा धमाधम मरेका हुन् ।

कृषकका घरपालुवा कुखुरामा स्वाँ-स्वाँ गर्ने, खोक्ने र सिँगान, र्याल आदि बगाउने, टाउको सुन्निने, सिउर को लोती नीलो रङ हुने जस्ता लक्षण देखिएको २४ घण्टामा कुखुरा मर्ने गरेका कृषकहरु बताउँछन् । स्थान कृषक कुमारी मिवारले सातामा आफ्ना ४० बढी लोकल घरपालुवा कुखुरा मरेको जानकारी दिनुभयो। छिमेकमा सयौ कुखुरा मरेको र दैनिक कुखुरा मर्ने गरेको उहाको भनाइ छ। कुखुरामा रोग लागेको लगत्तै कुखुरा मर्ने गरेका छन्। वडा क्षेत्रमा कृषकका कुखुराहरु धमाधम मर्न थालेपनि वडा कार्यलय र नगरपालिका भने बेखर देखिएका छन् । स्थान कृषक मानबहादुर वलीले रोगले दर्जन कुखुरा मरेको बताउनुभयो । रातमा कुखुरामा बिरामीको लक्षण देखिने र बिहान मर्ने गरेका छन् । कृषकका अनुसार मरेका र बिरामी कुखुराको लक्षण बर्ड फ्लूको आशाका गरिएको छ। वडाअध्यक्ष कर्णबहादुर मिजारले वडामा लोकल कुखुरा अज्ञात बिरामीको कारण मर्न थालेको बताउनुभयो । वडा क्षेत्रमा कृषकहरुले कुखुरा बिरामी भएर मर्ने गरेको सुचना दिने गरेको भएपनि वडामा पशुसम्बन्धित बजेट, कार्यक्रम नहुदा कुनै पहल हुन नसकेको जानकारी दिनुभयो । अहिले ‘ऋण लिएर व्यबसाय गरेका व्यवसायी मारमा छन्, मिजारले भन्नुभयो । ।’ संघका अनुसार मकवानपुरमा करिब ३ हजार कुखुरा व्यवसायीको पालेको १५ लाख कुखुरामा झण्डै ६ अर्ब लगानी रहेको छ। कुखुरामा बर्ड फ्लु जस्तो रोग देखिएकोले नियन्त्रण गर्न प्रशासनले कुखुरा, खण्डा र सुली अन्यत्र निकासीमा रोक लगाउनुपर्ने स्थानीयको माग छ। ठूलो संख्यामा एकै गाउँका कुखुरा मरेपछि कृषकहरु चिन्तित भएका छन् ।
यो वडामा हप्ता दिनमा हजार बढी कुखुरा मरेको किसानहरुले बताएका छन्।