भेरीगंगा ३ मा पिपिआर महामारीबाट ४६ बाख्रा मरे

0
327

भेरीगंगा, फागुन २७- भेरीगंगा नगरपालिका वडा नम्बर ३ का विभिन्न टोलहरुमा फागुन पहिलो सातादेखि बाख्राहरुमा देखिएको पिपिआर रोगले आजसम्म ४६ वटा बाख्रा मरेका छन् । तीव्र गतिमा फैलिएको पिपिआर रोगले अहिले वडामा दुई सय बढी बाख्राहरु बिरामी भएका छन् ।

फागुनमहिनादेखि बाख्राहरुमा लागेको पिपिआर रोगले भेरीगंगा वडा नम्बर ३ का डुंगीखोला, भित्रीखोला, औलपराजुल, लेखपराजुलका ५० बढी किसानका बाख्राहरु मर्ने र बिरामी हुने महामारी देखिएको छ । स्थानीय कृषक डम्बरबहादुर देवकोटाले आफुहरुले घरमा पालेका ४ वटा बाख्रा मरेको र अहिले ४ वटा बिरामी रहेको बताउनुभयो । भेरीगंगा ३ स्थित भेरीदोभान बाख्रा श्रोत विकास समितिले पशुपंक्षी विकास निर्देशनायलको आर्थिक सहयोगमा ल्याएका ६० वटा बाख्रा वितरणपछि पिपिआर फैलिएको स्थानीय कृषकहरु बताउने गर्छन् । यो वडामा अहिलेसम्म ४६ वटा स्थानीय र प्रदेश सरकारको अनुदानमा ल्याएका बाख्रा मरेका छन् । बाख्राहरुमा पिपिआर फैलने, मर्ने र सन्चो हुने क्रम जारी छ । गएको माघ अन्तिम सातामा नेपालगन्जस्थित किस्मत सप्लार्यबाट ३० वटा पाठापाठी र ३० वटा बोका स्थानीय ३० जना कृषकलाई वितरण गरिएको थियो ।

बारबरी जातका बिरामी बाख्राहरु ल्याएर किसानलाई बाडेसंगै यो क्षेत्रमा पिपिआरको महामारी फैलिएको हो । उक्त बाख्रा वितरणका लागि पशुपंक्षी विकास निर्देशनालय सुर्खेत र कृषकको साझेदारी लगानी ४२ लाख रुपैँयामा खरिद गरिएका थिए ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here