भेरीगंगा, बैशाख ७- कुनैपनि व्यति संस्था, समुहलाई कोरोना लकडाउनमा सिधै राहत वितरण गर्न रोक लगाएको दुई सातासम्म नगरपालिकाले विपन्न, गरिव र मजदुरलाई खाद्यान्न उपलब्ध नगराएपछि वडा नम्बर ७ मा व्यतिगत सहयोगमा खाद्यान्न बाडिएको छ।
नगरपालिकाले खाद्यान्न अाफै उपलब्ध गराउने भन्दै एक करोडको विपत कोष खडा गरेर पनि राहात नदिएपछि वडाका १५ जनाले झण्डै डेढ लाख संकलन गरि बिहिबार खाद्यान्न बाडिएको हो । वडा वडाका विपन्न , गरिव र मजदुर परिवारलाई नगरपालिकाले सहयोग उपलब्ध नगराएपछि वडामा अगुवा स्वस्फूर्त पैसा संकलन र राहात वितरणमा लागेका हुन्। स्थानीयबाट सकलन भएको १,४०,२०० यहाका १०७ घरपरिवारलाई खाद्यान्न वितरण गरिएको हो । समुदाय विकास केन्द्र संस्थाको समन्वयमा चामल, दाल, नुन र तेल वितरण गरिएको संस्थाका अध्यक्ष मानबहादुर बस्यालले जानकारी दिए । नगरपालिकाले राहात बाड्ने अाश्वसन दिने तर काम समयमा नगरेपछि ७ नम्बर वडाका अगुवाले निजी सहयोगमा वडाका विपन्न, गरिव र मजदुर परिवारलाई राहात व्यवस्था गरेको हो । बिहिबार एक कार्यक्रमका बिच उक्त राहात बाडिएको हो । नगरपालिका र वडा कार्यालय राहात वितरणमा नतमस्तक देखिएको भन्दै बिरोध भैईरहेको बेला ७ वडाका अाफै श्रोत सकलन गरि राहात बाडिएको छ। १०७ परिवारलाई खाद्यान्न राहात उपलब्ध गराउन यहाका सुदिप बोगटी २२,५०० भुपेन्दकुमार रोकाय ११,०००,सुरेन्द्र केसी १०,००० शेरबहादुर बस्याल ८ हजार, खड्क मिजार ८ हजार, मानबहादुर बस्याल ७१०० मानबहादुर रोकाय ६ हजार प्रेम खत्री ५१०० जिमराज कार्की ५ हजार देवबहादुर मिजार ५ हजार नरेन्द्र कार्की ५ हजार गोपाल कार्की लिला वली ५/५ हजार सहयोग गरेका थिए । यस्तै कृष्ण बस्याल, भिमबहादुर मिजार, धर्म मिजार, टेकबहादुर खत्री ,बालाराम थापा, दिलाकुमारी खत्री , अम्मर वली, गणेश केसी, शिशिर चन्द र अम्मर खड्काले रकम सहयोग गरेका थिए।
व्यतिगत सहयोगमा सकलन रकम समुदाय विकास संस्थाको पहल र वडा नम्बर ७ का वडाअध्यक्ष कर्णबहादुर मिजार र सदस्यहरुको समन्वयमा राहात खाद्यान्न उपलब्ध गराएको हो ।