भेरीगंगा, सुर्खेत- बिहिबार सम्पन्न भेरीगंगा नगरपालिका सुर्खेतको नवौ नगरसभाले आगामी आर्थिक बर्ष २०७८।२०७९ को लागि ५९ करोड रुपैँया बराबरको बजेट पारित गरेको छ । आर्थिक बर्षको बार्षिक नीति, बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख भुपेन्द्रबहादुर चन्दले ५९ करोड ८८ लाख ३३९ रुपैँया बराबरको बजेट प्रस्तुत गर्नुभयो ।
नगर सभाले उक्त बजेट आगामी आर्थिक बर्षमा विषयगत क्षेत्रमा ३ करोड २० लाख, वडातर्फ ५ करोड ६ लाख, नगरपालिकातर्फ ८ करोड ४९ लाख २९ हजार, राजस्व बाँडफाड, आन्तरिक श्रोत, वित्तिय समानिकरणतर्फ २८ करोड ५३ लाख ८३ लाख ३३९ रुपैँया, प्रशासनिक चालू खर्चतर्फ ११ करोड ७८ लाख ५६ हजार ३३९ रुपैँया नगरसभाबाट पारित गरिएको छ नगरसभाले आर्थिक बर्ष २०७८।२०७९ को बार्षिक नीत,ि बजेट तथा कार्यक्रमहरु सर्वसम्मत पारेको गरेको छ । आगामी बर्षमा नगरले आर्थिक विकास, पुश विकास, घरेलु तथा साना उद्योग विकास, पर्यटन, सहकारी, राजस्व वृद्धि, सामाजिक विकास, स्वास्थ्य, पोषण कार्यक्रम, बर्थिङ कार्यक्रम, स्वास्थ्य, आयुर्वेद, खानेपानी तथा सरसफाई, संस्कृति, समावेशीकरण, उपप्रमुख स्वरोजगार कार्यक्रम, लक्षित समुदायि, पूर्वाधार विकास कार्यक्रमहरु नगर सभामा प्रस्तुत गरिएको थियो । नगर सभामा उपमेयर रेणु आर्चायले आगामी आर्थिक बर्षको संस्थागत विकास, सेवाप्रवाह तथा सुशासन संस्थागत क्षमता विकास कार्यक्रम, नीतिहरु प्रस्तुत गर्नुभयो । नगर सभाले तीन वटा विधियेक समेत सर्वसम्मत पारित गरेको छ । पारित विधियेका आर्थिक ऐनलगायत रहेका छन् ।
नगरले चालू बर्षमा वडाहरुलाई एकमुष्ट ५ करोड ६ लाख बजेट विनियोजन समेत गरिएको छ । जसमा वडालाई ३२ लाखदेखि ५० लाखसम्म विनियोजन गरिएको छ । जसमा वडा नम्बर १ मा ३९ लाख, २ मा ४१ लाख, ३ मा ३६ लाख, ४ मा ४० लाख, ५ मा ४० लाख, ६ मा ४० लाख, ७ मा ३२ लाख, ८ मा ३९ लाख, ९ मा ३९ लाख, १० मा ४० लाख, ११ मा ४१ लाख, १२ मा ४० लाख र १३ वडामा ५० लाख ६० हजार रहेको छ ।